
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादशैँ सादगीपूर्वक मनाउने भएका छन् । अविरल वर्षा र बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै उनले यसपालि विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने निर्णय गरेका हुन्। पूर्वराजाका तर्फबाट निर्मल निवासस्थित संवाद सचिवालयले असोज २५ गते (आइतबार) एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो।
सचिवालयद्वारा जारी सूचनामा भनिएको छ, “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट गत भदौमा हिम पहिरोबाट आएको भीषण बाढी र यही असोजमा परेको अविरल वर्षाको कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको दुःखद निधन र ठूलो जनधनको अपूरणीय क्षति भएको यस असहज परिस्थितिलाई मध्यनजर गर्दै, आफ्नो आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको वडा दशैँ पर्व सादगीपूर्वक मनाउने निधो गरिबक्सेको छ।”
सचिवालयले अगाडि भनेको छ, “साथै मौसुफबाट यस वर्षको विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा बक्सने कार्यक्रम नरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।”
प्राकृतिक विपत्ति र जनधनको अपूरणीय क्षतिप्रतिको संवेदनशीलतालाई ध्यानमा राख्दै पूर्वराजा शाहले दशैँलाई भड्किलो नबनाई सादगीका साथ मनाउने निर्णय लिएका हुन्। विगतका वर्षहरूमा भने विजया दशमीको दिन निर्मल निवासमा सर्वसाधारण तथा सुभेच्छुकहरूलाई टीका र जमरा लगाइदिने कार्यक्रम रहने गर्दथ्यो।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)







































































































































































































































































































































.jpg)















































































































































.jpg)












































































































































































































-1787461102.jpg)


.jpeg)



प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google