रोशीबाट सुरु भयो कांग्रेस काभ्रेको घुम्ती बैठक, जेठ महिनाको बैठक तेमालमा बस्ने

दर्पण दैनिक २ बैशाख २०८१,२०:३४
post

काभ्रे । नेपाली कांग्रेस काभ्रेले घुम्ती (मोवाइल) बैठक शुरु गरेको छ । प्रत्येक महिनाको २ गते नियमित बस्दै आएको जिल्ला कार्यसमितिको बैठक प्रत्येक स्थानीय तहमा बस्ने गरी निर्णय भएको हो । चैत २ गते जिल्ला कार्यालय बनेपामा बसेको बैठकले प्रत्येक स्थानीय तहमा घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सबै स्थानीय तहमा पुगेका त्यहाँको वस्तुस्थिती, पार्टी सदस्यको मनस्थिती, सांगठनिक अवस्थाका साथै जनप्रतिनिधिसँग अन्तरक्रिया गरी सल्लाह, सुझाव समेत संकलन गर्ने उद्धेश्यले घुम्ती बैठक सञ्चालन गर्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले बताए ।

वैशाख महिनाको नियमित बैठक रोशी गाउँपालिका कार्यसमितिको व्यवस्थापनमा कटुञ्जेवेशीमा बसेको छ । बैठकले बाँकी रहेका क्षेत्र, स्थानीय तह र वडा सम्मेलन तत्काल सक्न निर्देशन दिएको छ । जिल्ला प्रतिनिधि नै खटाएर १ सय ३५ वटै वडामा सम्मेलन गर्ने निर्णय पनि नेपाली कांग्रेस काभ्रेले गरेको छ । जेठ महिनाको बैठक तेमाल गाउँपालिकामा गर्ने निर्णय बैठकले गरेको छ ।

२०८० चैत्र २४ गते नेपाली कांग्रेसका संस्थापक समेत रहेका प्रजातन्त्र सेनानी कोमलप्रसाद अधिकारीको निधन प्रति दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post