काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन् । पार्टीनिकट खेलकुद संगठनले बिहीबार च्यासलमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिए । उनले जनताको बलमा मौजुदा सरकारविरूद्ध आन्दोलनको खाँचो रहेको बताए ।
उनले भने, ‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ । यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ, अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर । यी एकै वंश, एकै नश्लका हुन् । र, यी भ्रष्टाचार वंशका हुन् । यी कमिसनतन्त्रीय वंशका हुन् । यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो ।’
उनले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए । उनले सरकार तरकारी बारीको बुख्याँचाजस्तो भएको पनि टिप्पणी गरे । विरोधीहरू एमालेविरूद्ध एक्लै लड्ने् आँट नगरेको भन्दै उनले यसमा गर्व गर्नुपर्ने बताए ।
उनले भने, ‘हामीले गर्व गर्नुपर्छ– विरोधीहरू एक्लै लड्नेभिड्ने आँटै गर्दैनन् । हामी मात्रै हो, एक्लै लड्छौं भन्ने। हामी लड्यौं । तर सबै भएर, स–साना अंकहरू जोडेर उनीहरूले सरकार बनाएका छन् । सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google