भाेटरसमेत नरहने घाेषणा गर्दै राप्रपा महिला संगठनकी अध्यक्ष अञ्जना शाह रावलले दिइन राजीनामा

दर्पण दैनिक ६ असार २०८१,२०:५६
post

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे महिला स‌गठन (राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन) की अध्यक्ष अञ्जना शाह रावलले पदबाट राजीनामा दिएकी छन् । उनले संगठनकाे पदबाट राजीनामा दिनुका साथै पार्टीसमेत परित्याग गरेकाे घाेषणा गरेकी छन् । 

आफूले काम गरिरहँदा संगठनकै केही व्यक्तिबाट असहयाेग भएकाे र त्यसबारे नेतृत्वलाई जानकारी गराउँदा उल्टै हताेत्साहित गरिएकाे आराेप लगाउँदै रावलले राप्रपाकाे भाेटर (मतदाता)समेत नरहने गरी पार्टी परित्याग गरेकाे जानकारी गराएकी छन् । 

जीवनको महत्वपूर्ण समय पार्टी र संगठनप्रति बिताएको हुँदा परित्याग गर्ने निर्णयले मन भारी भएको समेत उनले उल्लेख गरेकी छन् । 

हेर्नुहाेस् पत्र : 

 

मिति : २०८१।०३।०५
श्री राजेन्द्र गुरुङ्गज्यू महामन्त्री एवं सचिवालय प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टी धुम्बाराही, काठमाडौं ।
विपय : राजिनामा दिइएको वारे ।
पार्टी र नेतृत्वले मलाई विश्वास गरेर गत २०७९।०३।०२ गते आज भन्दा २ वर्ष ३ दिन अगाडि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन तदर्थ समितिको अध्यक्षमा मनोनित गर्नु भएको थियो । तदर्थ समितिको संयोजकको हैसियतले मैले अनवरत रुपमा देशका अधिकांस जिल्लाहरुमा प्रत्येक्ष सहभागी भएर जिल्ला अधिवेशन सम्पन्न गर्दै ऐतिहासिक केन्द्रीय महाधिवेशन सम्पन्न गरेको सर्वविधितै छ । २०८०।०१।२५ गते काठमाडौं सम्पन्न एकताको प्रथम महाधिवेशनले मलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको थियो । पार्टीको नीति, विचार र सिद्धान्तलाई उच्च स्थानमा राखी मैले नेतृत्व गरेको मेरो संगठनलाई उचाई दिन, देशकै गौरवान्दित संगठन निर्माण गर्न र पार्टीको एउटा दरिलो खम्बाको रुपमा उभिई पार्टीलाई टेवा पुऱ्याउनु बाहेक मेरो कहिले कुनै व्यक्तिगत स्वार्थ रहेन । संगठनमा मैल नेतृत्व गरी सके पछि हाल सम्म ५२ जिल्लाहरुमा महिला संगठनको जिल्ला अधिवेशन सम्पन्न भई सकेको छ र ४६ वटा जिल्लामा म स्वयं उपस्थित भएकी छु । अधिवेशन सम्पन्न जिल्लाहरुमा जिल्ला भेला सम्पन्न हुने क्रम जारी छ । संगठनलाई अगाडि बढाई रहदा मेरा कारणले मेरा सहकर्मी साथीहरुलाई म संग सहकार्य गर्न असहज पैदा भैरहेको र उहाँहरुको असहयोग रहेको बारेमा पार्टी नेतृत्व र जिम्मेवार पदाधिकारीहरुलाई बारम्बार जानकारी गराउँदा पनि उत्साह, हौसला र प्रेरणा प्राप्त गर्नु पर्ने ठाउँमा हत्तोत्साहित हुने वातावरण निर्माण भएको हुँदा महिला संगठनलाई सोचे जस्तो ढङ्गबाट अगाडि बढाउन र संगठनलाई उचाई दिन असमर्थ भएकोले यसको सम्पूर्ण नैतिक जिम्मेवारी लिंदै पार्टीबाट विदा हुने निर्णय गरेको छु । जीवनको केही महत्वपूर्ण समय यस पार्टी र संगठन प्रति विताएको हुँदा यो निर्णयले मन भारी भएको छ । कोही कसै प्रति कुनै पनि प्रकारको आग्रह, पूर्वाग्रह र गुनासो छैन । पार्टीमा गरेको काम र मलाई साथ दिने सबै साथी भाई र दिदीबहिनीहरु सम्झिरहेकी छु । सहयोग गर्ने सबै प्रति ऋणी छु । मैले खोजेको आदर्श, निष्ठावान पार्टी, सिद्धान्तवादी पार्टी विस्तारै मख्खिदै गएकोले म मा एकप्रकारको बेचैनी थियो। मेरा लागि पद, प्रतिण्ठा र अवसर गौण विषय हो । आफूले आफूलाई भन्नु पर्दा म राजनीतिक महत्वाकाँक्षा विहिन मान्छे हु । मेरो आकर्षण भनेको सिद्धान्त र नीति प्रति थियो। म मा व्यक्तिगत मोह र आकाँक्षा केही थिएन । त्यो उकुस मुकुसबाट बाहिर निस्किनको लागि यो अप्रिय जस्तो लाग्ने निर्णय बाध्यभएकी छु । राप्रपाका सबै साथीहरुको उज्वल भविष्यको कामना गर्दछु। आजका दिन देखि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको केन्द्रीय अध्यक्ष पदबाट राजिनामा दिदै म लगायत मेरो सम्पूर्ण परिवार राष्ट्रिय प्रजातन्त्र पार्टीको साधारण सदस्य र यो पार्टीको भोटर समेत नरहने जानकारी दिन चाहन्छु ।
धन्यवाद ।
बोधार्थ :
• माननीय राजेन्द्र लिङ्देन अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी
• गोपाल दाहाल प्रमुख, संयोजित संगठन समन्वय विभाग
(अन्जना शाह रावल )

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: