काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित पार्ने चाहना नरहेको बताएका छन् । सम्पादकहरुसँग सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको छलफलमा उनले टिकटक बाहेक अरु सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने योजना नभएको बताए ।
‘टिकटक बन्द भयो, अरु सामाजिक सञ्जाल पनि बन्द होलान् कि भन्ने आशंका हो, त्यसो नगरौं’ उनले भने, ‘सरकार नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकमा स्पष्ट र प्रतिवद्ध छ । त्यसलाई संकुचन गर्ने कुनै उद्देश्य छैन, सरकारले त्यो सोच्न पनि सक्दैन ।’ उनले सरकारको मात्रै चाहनाले टिकटकमाथि रोक लगाउने निर्णय नभएको बताए । उनका अनुसार, सर्वपक्षीय भेलामा प्रमुख विपक्षी दलका नेता ‘टिकटक कहिलेदेखि बन्द गर्नुहुन्छ ?’ भनेर सोधिरहेका हुन्थे ।
सत्तारुढ दलकै नेताहरुले समेत पारिवारिक बेमेल, झगडा, मनोमालिन्य लगायतका समस्या देखाउदै टिकटकबारे सोच्नेपर्ने बेला आएको भन्दै निर्णय लिन सुझाव दिएका थिए । ‘यसो मै पनि घरमा गएर हेर्छु, नातिनातिनीको चाल त्यस्तो छ, जतिखेर पनि टिकटक । सबै टिकटकमा झुण्डिएको देख्छु’ उनले भने, ‘त्यसैले विचार गरिकनै टिकटकमाथि रोक लगाइएको हो ।’
उनले टिकटकमाथि लगाइएको बन्देजका कारण नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित हुनसक्छ भन्ने भएमा अब निर्माण हुने नयाँ कानुनबाट त्यसलाई सम्बोधन गर्न सकिने बताए । त्यो कानुनमा नियमनको व्यवस्था गर्ने र प्रतिबन्धको निर्णय फिर्ता लिन सकिने उनको भनाइ थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google