
काठमाडौं । स्वतन्त्र पार्टी (रास्वपा) बुढानिलकण्ठ नगरपालिका १० को वडा सभापतिमा रमेश न्यौपाने चयन भएका छन् । रास्वपा केन्द्रीय सदस्य रमेश प्रसाँईको प्रमुख आतिथ्य र नगर संयोजक निमा लामाको सभापतित्वमा सम्पन्न भेलाले वडा समिति गठन गरेको हो । वडा भेला तथा विस्तारित बैठकले उप सभापतिमा राधा शाह, सचिवमा रन्जना कट्टेल र सदस्यहरुमा शेषकान्त पोख्रेल, राजकुमारी पराजुली, शुष्मा सोनाम, यमन महर्जन, प्रदीप बिश्वकर्म, गीता देवी न्यौपाने, प्रेमबहादुर आले मगर र लक्ष्मी पोख्रेललाई चयन गरेको छ ।
भेलामा केन्द्रीय सदस्य निरज गौली, प्रदेश समिती सदस्य ऋषीकेश श्रेष्ठ, उर्मिला भुर्तेल क्षत्रीय समिती सदस्यहरु रबि बन्जारा, सुरज रेग्मी, शमसेर श्रेष्ठ, वडा १० सम्पर्क व्यक्ति देवेन्द्र मास्के लगायत नगरसमिती सदस्य र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google