रास्वपाको चुनाव चिह्न फेरियाे, अब घण्टीमात्रै

दर्पण दैनिक १७ फाल्गुन २०७९,१६:१५
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ । रास्वपाले यसअघि चुनाव चिह्न ‘गोलाकारभित्रको घण्टी’ रहेकोमा त्यसलाई बदलेर ‘घण्टी’मात्रै राखेको हो । पार्टीको केन्द्रीय समितिको निर्णयबमोजिम निर्वाचन आयोगमा चुनाव चिह्न फेरिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।


‘केन्द्रीय समितिले चुनाव चिन्हमा रहेको गोलाकार घेरा हटाउने निर्णय गरेको थियो, त्यहीअनुसार निर्वाचन अयोगले पनि अनुमति दिइसकेको छ,’ उनले भने, ‘अब हाम्रो पार्टीको चुनाव चिह्न घण्टीमात्रै हो ।’

उनले चुनाव चिह्न बोल्न, लेख्न र प्रचार प्रसार गर्नका लागि सहज होस् भन्ने ध्येयले यो गरिएको बताए । ‘गोलाकारभित्रको घण्टी भन्दा लामो र भद्धा भयो । यसमा अरु कुनै कारण छैन, धेरै फेरिएको पनि होइन,’ उनले भने, ‘गोलाकारभित्रको घण्टी भन्नुभन्दा घण्टीमात्रै भन्न सजिलो हुन्छ, चुनाव चिन्हमा फेरबदल गर्नुको कारण पनि त्यति नै हो ।’

गत निर्वाचनमा गोलाकारभित्रको घण्टी चुनाव चिन्हबाट चुनावमा सहभागी रास्वपाले अब उपनिर्वाचनमा भने चुनाव चिह्न घण्टीमात्रै प्रयोग गर्न पाउने भएको छ । रास्वपाले चितवन-२ मा हुने उपनिर्वाचनकालागि दल दर्ता गर्ने क्रममा नै चुनाव चिह्न पनि फेरबदल गरेको हो ।

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post