
काठमाडौं । प्रतिनिधिसभा सदस्यसमेत रहेका नेपाली कांग्रेसका नेता शंकर भण्डारीको नेतृत्वमा ‘सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान’को औपचारिक घोषणा भएको छ ।
शनिबार थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आयोजित कार्यक्रममा नेता भण्डारीले महाअभियानको औपचारिक रूपमा घोषणा गरेका हुन् ।
महाअभियानको महासचिवमा कांग्रेस नेता तथा विराटनगर महानगरपालिकाको पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव छन्।
यसअघि बिहिबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा नेता भण्डारीको नेतृत्वमा २२ केन्द्रीय सदस्यले ‘पार्टी हिन्दूराष्ट्रको पक्षमा उभिनुपर्ने भन्दै’ पूरक प्रस्ताव पेस गरेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google