रास्वपा महाधिवेशन : यस्तो छ खानाकाे तालिका

दर्पण दैनिक ८ असार २०८३,१४:०५
post

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनको भरतपुरमा जारी छ । आइतबार भरतपुरको गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र आज (सोमबार) देखि चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ । विहानैदेखि सुरू हुने भनिए पनि अहिलेसम्म बन्दसत्र सुरू हुन सकेको छैन ।

महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास र विभिन्न तहका कमिटीहरूबाट करिब ४ हजार १०० प्रतिनिधिहरू सहभागी हुन चितवन आइपुगेका छन् ।


प्रतिनिधि व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधि र अन्य सहभागी गरी कुल ५ हजार जनाको व्यवस्थापन मिलाइएको छ ।

महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरूले आइतबार पार्टीको समन्वयमा आफैँले होटल खोजेर बसेका थिए । आइतबारको खानपिनको व्यवस्था पनि उनीहरूले आफैँ गरेका थिए । रास्वपाले प्रत्येक प्रतिनिधिसँग ५ हजार रुपैयाँ अधिवेशन शुल्क उठाएको छ । प्रतिनिधिहरूले होटलमा बास बसेको रकम भने आफैँले भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

खानामा के के ?

आजदेखि भने रास्वपाले नै प्रतिनिधिहरूको खानपानको पूर्ण व्यवस्थापन गरेको छ । महाधिवेशनस्थलमै बिहान ७ बजेदेखि ‘ब्रेकफास्ट’ (नास्ता) वितरण सुरु भइसकेको छ । भोजन व्यवस्थापन उपसमितिका अनुसार प्रतिनिधिहरूलाई बिहानको नास्ता, बिहानको खाना, दिउँसो हाइटी र बेलुकाको रात्रीभोजको व्यवस्था गरिएको छ ।


बिहानको खानामा खसीको मासु र भातलाई मुख्य परिकार बनाइएको छ । ५ हजार सहभागीका लागि बिहानको खानामा मात्रै दैनिक झण्डै ८ क्विन्टल खसीको मासु खपत हुने अनुमान गरिएको छ ।

बिहान र बेलुकाको खानामा कम्तीमा १० प्रकारका परिकारहरू (आइटम) समावेश गरिनेछ, जसमा जिरा राइस, दाल, तरकारी, अचार, सलाद र दही रहनेछन् ।

मासु नखाने (शाकाहारी) सहभागीका लागि पनिर र च्याउको छुट्टै व्यवस्था गरिएको छ भने साथमा मौसमी तरकारी पनि राखिनेछ । बेलुकाको खानामा भने ‘मिक्स भेज’ तरकारी खुवाइने जनाइएको छ ।

खानपान व्यवस्थापनको जिम्मेवारी चितवनको क्षेत्रपुरस्थित दियालो फुडल्याण्डले तीन दिनका लागि लिएको छ ।

सहभागीहरूलाई खानाका लागि कुपनको व्यवस्था गरिएको छ । खाना वितरणका लागि १५ वटा डबल-साइड टेबल स्टलहरू राखिएका छन्, जसले गर्दा भीडभाड नभई सहजै खाना लिन सकिनेछ ।

यस्तो छ खाना तालिका


बिहान ७ बजेदेखि: ब्रेकफास्ट

दिउँसो १:०० देखि २:३० सम्म: बिहानको खाना

दिउँसो ३:०० देखि ५:०० सम्म: हाइटी

बेलुका ६:०० देखि ९:०० सम्म: बेलुकाको खाना


खाना तथा खाजा व्यवस्थापनका लागि फुडल्याण्डले झण्डै २०० कर्मचारी परिचालन गरिएको जनाएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७
post

रास्वपा काभ्रेमा पुनः ढकाल

२४ जेष्ठ २०८३,०९:२७
post

रास्वपाको बन्द सत्र आज

९ असार २०८३,०७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: