केही बाँदर चीन निकासी गरियोस्, कि मार्ने अनुमति दिइयोस् : सांसद खतिवडा

दर्पण दैनिक ३ बैशाख २०८०,१५:०६
post

काठमाडाैं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारलाई बाँदर बिक्री गर्न वा मार्न अनुमति दिन माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले श्रीलंकाले चीनलाई बाँदर बिक्री गर्न लागेको उल्लेख गर्दै सरकारसमक्ष यस्तो माग गरेका हुन् । 

‘एउटा समाचार सुनेको/पढेको थिए, श्रीलंकाले बाँदरलाई चीनतिर निकासी गरेछ र बेचेछ । हाम्रो पनि आर्थिक संकट परिरहेको छ । केही बाँदरहरू चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभामुखमार्फत अनुरोध गर्न चाहन्छु । कि मार्न अनुमति दिइयोस्,’ खतिवडाले भने । उनले ओखलढुंगामा रहेका एअरपोर्ट तत्काल सञ्चालनका लागि पनि सरकारको ध्यानाकर्षण गराए ।  

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post