काठमाडौं । नेकपा एमालेले पार्टीका केही केन्द्रीय विभागमा सदस्यहरुको मनोनयनका साथै केही नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । एमालेले उपमहासचिव पृथ्वी सुब्बा प्रमुख रहेको संसदीय विभागमा सदस्यहरु मनोनयन गरेर १६ सदस्य बनाएको छ ।
त्यस्तै एमालेले विभागीय सचिवको जिम्मेवारीबाट डा. दीपकप्रकाश भट्ट,सोभियत ढकाललाई बिदा गरेको छ भने केन्द्रीय कमिटी सदस्यबाट केशव स्थापित र प्रमोदनारायण यादवलाई हटाएको छ ।
नेता गुरुप्रसाद बराललाई केन्द्रीय कार्यालयको व्यवस्थापनमा रहेको बागमती प्रदेशको रिक्त इन्चार्जको जिम्मेवारी दिएको छ । विद्यासुन्दर शाक्यलाई तारकेश्वर नगरपालिका र टोखा नगरपालिकाको इन्चार्ज बनाएको छ भने नेता झपटबहादुर बोहरा सामाजिक सेवा विभागको प्रमुख बनेका छन् । त्यस्तै कर्णाली प्रदेश कमिटीका सचिव कमल शाहीलाई प्रदेश कमिटीको सिफारिसमा जिम्मेवारीबाट हटाएको एमालेले शाहीको ठाउँमा टेकराज पछाईलाई मनोनयन गरेको छ ।
असार ३० र साउन २९ गते बसेको एमाले सचिवालय बैठकका निर्णय समेटेर अध्यक्ष ओलीले शुक्रबार जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी ८) मा विभागका केही नेताहरुको जिम्मेवारी हेरफेरदेखि प्रदेश अधिवेशन शुल्क तोकेको उल्लेख छ । एमालेले यसअघि अधिवेशनका क्रममा अभ्यासमा रहेको शुल्क प्रतिकुल रहेको भन्दै अधिकतम ५ सय रुपैयाँ तोकेको जनाएको छ ।
‘पार्टी र जनसंगठनको अधिवेशनमा हाल अभ्यासमा रहेको शुल्क व्यवस्था पार्टी निर्माणका दृष्टिकोणबाट समेत प्रतिकूल रहेकोले अधिवेशनमा उम्मेदवारी शुल्क अधिकतम रु. ५०० कायम गर्ने निर्णय गरिएको छ’, अपानीमा भनिएको छ, ‘उम्मेदवारी शुल्क तोक्दा त्यसको अनुपात यही अधिकतम शुल्कको आधारमा मिलाउन निर्देशित गरिएको छ ।’ यसअघि अध्यक्षका लागि एक हजार र सदस्यहरुका लागि पाँच सय तोकेकोमा अव अध्यक्ष र सचिवका लागि पनि ५ सय रुपैयाँ मात्र निर्धारण गरेको छ ।
त्यसैगरी एमालेले सामाजिक सञ्जालमा अनधिकृत र अज्ञात व्यक्तिहरुबाट पार्टीको नाम, लोगो र झण्डा दुरुपयोग बढ्दा भ्रम सिर्जना भएको भन्दै त्यसलाई नियन्त्रण गर्ने नीति लिएको छ । एमालेले सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्ने पहलका लागि केन्द्रीय प्रचार तथा प्रकाशन विभागलाई जिम्मा दिएको छ ।
अपानीमा एमालेले गत निर्वाचनका समयमा बागी/विद्रोही भई कारबाहीमा परेर पनि आत्मालोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरुको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने जनाएको छ । तर अन्तर्घात गर्ने र पार्टी विरोधी गतिविधिमा संलग्नहरुलाई भने सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको अध्यक्ष ओलीले हस्ताक्षर गरेको अपानीमा उल्लेख छ ।
यस्तै एमालेले पार्टी नेताहरुलाई पठाएको सर्कुलरमा पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीसँगै पार्टी अध्यक्षबाहेक अरु नेताको फोटो नराख्न निर्देशन दिएको छ ।
‘सार्वजनिक कार्यक्रममा फोटो प्रयोग, आशनग्रहण र मञ्च व्यवस्थापनको विषयः सार्वजनिक कार्यक्रमहरूमा पार्टी र जनसंगठनका विभिन्न तहका नेता कार्यकर्ताको अनावश्यक फोटोको प्रयोग भएको पाइएको छ,’ अपानिमार्फत एमालेले भनेको छ,‘कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन अबदेखि पार्टी र जनसंगठनले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा (तीन अग्रज नेताहरू– संस्थापक महासचिव पुष्पलाल, जननेता मदन भण्डारी र पूर्वअध्यक्ष मनमोहन अधिकारीका अतिरिक्त पार्टी अध्यक्षबाहेक) अन्य फोटो प्रयोग नगर्ने निर्णय गरिएको छ ।’


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google