
काठमाडाैँ । तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङले मनाङको हिमलुङ हिमाल आधार शिविरमा गएको हिमपहिरोमा परी सम्पर्कविहीन भएकाकाे खोजी तथा उद्धार कार्य तत्काल प्रभावकारी बनाउन आग्रह गरेका छन् । तामाङले हिमपहिरोमा परी बेपत्ता भएका व्यक्तिका परिवारजनको तर्फबाट गृहमन्त्रीसमक्ष सामूहिक निवेदन पेस गरेका हुन् ।
काभ्रेपलाञ्चोककाे तेमाल गाउँपालिकाका ३ जना सहित १० जनाको खोजी तथा उद्धार कार्य तत्काल प्रभावकारी बनाउन तामाङले आग्रह गरे । उनले राज्यका तर्फबाट दक्ष जनशक्ति, सुरक्षा निकाय तथा आवश्यक स्रोत–साधन परिचालन गरी खोजी तथा उद्धारलाई तीव्रता दिन माग गरेका हुन् ।
मनाङ जिल्लास्थित हिमलुङ हिमालको आधार शिविरमा आइतबार राति गएको हिमपहिरोमा हिमालयन हिल्डेज ट्रेकिङ प्रालिमार्फत ट्रेकिङमा सहभागी १४ जना व्यक्ति हिमपहिरोमा परेर सम्पर्कविहीन भएका थिए। घटनापछि हालसम्म ४ जनाको शव खोजी गरी निकालिएको भए पनि बाँकी १० जनाको अवस्था अझै अज्ञात छ ।
सो घट्नामा परि तेमाल गाउँपालिका वडा नं. १ का ङेमा दोर्जे लामा र बृख ध्वज लामा, तेमाल-५ का जगत लामा बेपत्ता छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)





























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google