एमाले तेह्रथुमकाे अध्यक्षमा केपी ओलीकै समर्थन पाएका उम्मेदवार पराजित

दर्पण दैनिक ७ मंसिर २०८१,१४:०२
post

काठमाडौँ । नेकपा एमाले तेह्रथुम पार्टी अध्यक्षमा शिवप्रसाद ढुंगाना निर्वाचित भएका छन् । उनले केपी ओली निकट उम्मेदवार गोविन्दराज श्रेष्ठलाई पराजित गर्दै जिल्ला कमिटी अध्यक्ष बन्न सफल भएका हुन् । 

संस्थापन पक्षधर श्रेष्ठले २ सय ४ मत प्राप्त गर्दा ढुंगानाले २ सय ३६ मत प्राप्त गरेका थिए। तेह्रथुम ओलीको जन्म जिल्ला हो । यसैले पनि ओली आफूले चाहेको व्यक्ति अध्यक्ष बनाउन चाहन्थे ।

त्यस्तै श्रेष्ठ प्यानलका तारामान मादेन सचिवमा निर्वाचित भए। उनले २ सय २८ मतसहित जित निकाल्दा ढुंंगाना प्यानलका छत्र रिमालले २ सय २ मत प्राप्त गरेका थिए ।

उपसचिवमा ढुंगाना प्यानलका यादवबहादुर खापुङ २ सय २० मत ल्याएर विजयी हुँदा श्रेष्ठ प्यानलबाट लडेका अर्जुन ढुंगानाले २ सय ८ मत प्राप्त गरेका थिए  । महिला उपसचिवमा श्रेष्ठ प्यानलबाट तारा ढकाल १ सय ७५ मत ल्याएर निर्वाचित हुँदा उपाध्यक्षमा भने सन्तोष तिगेला निर्विरोध निर्वाचित भएका थिए ।

दुई दिनदेखि जारी जिल्ला अधिवेशनमा मंगलबार र बुधबार सहमतिको प्रयास गरेको भए पनि अध्यक्षका प्रत्यासीहरू गोविन्दराज श्रेष्ठ र शिवप्रसाद ढुंगानाबीच सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन भएको हो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: