काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनी उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य देखिएकी छन् ।
नेपालको संविधान २०७२ अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार बन्न ४५ वर्ष उमेर पूरा भएको हुनुपर्छ ।
नाउपाले उपराष्ट्रपतिमा अघि सारेको उम्मेदवार रञ्जिता श्रेष्ठको उमेर ४५ वर्ष पूरा नभएकाले उनी अयोग्य देखिएकी हुन् ।
संसद सचिवालयका अनुसार रञ्जितको उमेर ४० वर्ष मात्र छ ।
याे पनि : - रञ्जिता श्रेष्ठले उपराष्ट्रपति पदमा उम्मेदवारी दिने
- उपराष्ट्रपतिमा यादवलाई उठाउने जसपाको निर्णय
-जसपालाई उपराष्ट्रपति पद दिने निर्णय भइसकेको छैन : उपसभापति खड्का
- माओवादी केन्द्र पनि महिलालाई उपराष्ट्रपति बनाउने पक्षमा
- उपरराष्ट्रपतिको उम्मेदवारी फरक लिंग वा समुदायको लिनु : निर्वाचन आयोग