काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले २४ सदस्यीय सचिवालय गठन गरेको छ । पार्टी कार्यालय आलोकनगरमा मंगलबार सम्पन्न पार्टीको स्थायी कमिटी बैठकले पार्टीको केन्द्रीय सचिवालय गठन गरेको हो ।
सचिवालयमा अध्यक्ष, सम्मानित नेता, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २४ जना रहने छ ।
जसमा अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता डा. बेदुराम भुसाल र प्रमेशकुमार हमाल, वरिष्ठ नेताहरू घनेन्द्र बस्नेत, राजेन्द्रप्रसाद पाण्डे, धर्मनाथप्रसाद साह, उपाध्यक्षहरू जयन्तीदेवी राई, प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, भानुभक्त जोशी, महासचिव घनश्याम भुसाल, उपमहासचिव राजेन्द्रकुमार राई, गरिमा शाह, मेटमणि चौधरी, रामकुमार भट्टराई, सचिवहरू सावित्राकुमारी भुसाल, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, बलदेव चौधरी, श्रीनाथ बराल, गणेशबहादुर विश्वकर्मा र शेरबहादुर कुँवर रहेका छन्।
त्यस्तै, संविधान संशोधनका लागि सुझाव दिन कार्यदल गठन गरेको छ । संविधान संशोधनबारे अध्ययन गरेर सुझाव दिन उपाध्यक्ष प्रकाश ज्वालाको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरिएको हो । सुझाव कार्यदलमा गरिमा साह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई छन् । बैठकले पार्टीको आगामी कार्ययोजनालाई संशोधनसहित पारित गरेको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google