काठमाडौं । संघीय संसद्को प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ। दिउँसो १ बजे प्रतिनिधि सभा बैठकका सम्भावित ६ वटा कार्यसूची रहेका छन् ।
आइतबारको बैठकबाट मिटरब्यालाई अपराध करार गर्ने कानुनी व्यवस्था भएको विधेयक पारित गर्ने कार्यसूची छ। मिटरब्याजलाई कसुर करार गर्न मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० राष्ट्रिय सभाबाट यसअघि नै पारित भएको थियो ।
राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि दफावार छलफलका लागि आइतकार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधि सभा बैठकमा प्रस्तुत गर्नेछन् ।
दफावार छलफलपछि विधेयकमाथि प्राप्त संशोधनबारे निर्णय हुनेछ । त्यसपछि कानुनमन्त्री गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् ।
आइतबारको बैठकको सुरुमा ‘केही नेपाल ऐन संशोधन गर्नबनेको विधेयक २०८०’लाई प्रस्तुत गर्ने अनुमति माग्ने प्रस्तावमाथि प्रतिनिधि सभा सदस्यहरु ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त भएको विरोधको सूचनाहरुलाई निर्णयार्थ पेस गरिने छ। विरोधको सूचनाबारे निर्णय भएपछि कानुनमन्त्री गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्नबनेको विधेयक २०८०’ प्रतिनिधि सभामा पेस गर्नेछन् ।










































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)




















































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google