काठमाडौं । नेकपा एकीकृत समाजवादीले माघ १४ देखि १५ सम्म बस्ने केन्द्रीय परिषद् बैठकमा खाली रहेको केन्द्रीय परिषद सदस्य मनोनयन गर्ने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले खाली रहेको ठाउँमा संस्थागत निर्णय र सिफारिसका आधारमा मनोनयन गर्ने निर्णय गरेको हो ।
लम्बिनी प्रदेश कमिटीका अध्यक्षसमेत रहेका सोम पाण्डेलाई रुपन्देहीको इन्चार्ज तोकिएको छ । गण्डकी प्रदेश कमिटीका अध्यक्ष रामजी शर्मालाई प्रदेश सहइन्चार्जको जिम्मेवारी तोकिएको छ ।
यस्तै, गण्डकी प्रदेश कमिटीका कार्यबाहक अध्यक्ष रहेका श्रीनाथ बरालाई अध्यक्ष मनोनयन गर्ने, लुम्बिनी प्रदेश कमिटीका सचिव राजु गुरुको राजीनामा स्वीकृत गर्दै रिक्त स्थानमा अशोक कोइरालालाई चयन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google