काठमाडौँ । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक पनि विशेष महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला सभापति तीर्थ लामाले विज्ञप्ति जारी गर्दै प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको विधान २०१७ संशोधनसहित को धारा १७ ९२० बमोजिम आह्वान गरिएको ऐतिहासिक दोस्रो विशेष महाधिवेशनमा अनिवार्य उपस्थिति र सक्रिय सहभागिताका लागि काभ्रे जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।’ महाधिवेशन उद्घाटन गर्नुअघि पुतलीसडकको पद्मोदय मोडबाट र्यालीसहित जाने भन्दै सहभागी हुन आह्वान गरेका छन् ।
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गरेको विशेष महाधिवेशनको आह्वानलाई विभिन्न जिल्ला समितिहरुले स्वागत गर्दै सहभागिताका लागि अपिल जारी गर्न थालेका छन् ।
कास्की कांग्रेस सभापति किशोरदत्त बराल, ललितपुर सभापति जितेन्द्रकुमार श्रेष्ठ, सिन्धुपाल्चोक सभापति जंगबहादुर लामा, उदयपुर सभापति हिमाल कार्की लगायतले विशेष महाधिवेशन स्वागत गर्दै सहभागिताका लागि विज्ञप्ति नै जारी गरेर अपिल गरेका हुन् । धनकुटा सभापति दिनेश राईले पनि विशेष महाधिवेशनका पक्षमा विज्ञप्ति जारी गरेका छन् । कांग्रेसमा ३० भन्दा बढी जिल्ला सभापति विशेष महाधिवेशन पक्षमा रहेको नेताहरूको दावी छ ।
विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षका अधिकांशले विशेष महाधिवेशनको औचित्य नभएको बताइरहेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएर विशेष महाधिवेशन माग गरेका थिए । तर त्यसअनुसार हस्ताक्षर सनाखतलगायत प्रक्रिया अघि बढाइएको थिएन ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google