काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २२ जना महिला थपेको हो ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा ३३ प्रतिशत महिला थप गर्ने प्रस्ताव गरेका थिए । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २२ जना महिला थप गरेपछि कमिटी ४ सय ७ सदस्यीय पुगेको छ ।
यी हुन् केन्द्रीय सदस्य बनेका २२ महिला
१) आङदावा शेर्पा
२) इन्दिरा अधिकारी
३) उमा कपाली
४) उर्मिला विक
५)गंगा खड्का
६) गीताकुमारी कँडेल चौलागाईं
७) गीता शाही
८) छमकुमारी खनाल
९) दिलमाया बूढामगर
१०) नीरमाया श्रीस
११) निशा न्यौपाने
१२) पार्वती थापा
१३) भगवती तिवारी
१४) मोतिकला चलाउने
१५) लालकुमारी पुन
१६) लिला शर्मा
१७) सपना परियार
१८) सीता दाहाल
१९) सुशीला घिमिरे
२०) सुशीला पौडल
२१) सूर्यकुमारी विक
२२) सरू चौधरी
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google