
काठमाडौं । नेपाली कांग्रेस वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई संसदीय दलको नेताबाट हटाइएको छ । मंगलबार संसदीय दलको बैठकमा मत विभाजनमार्फत लामा दलको नेताबाट हटाइएका हुन् ।
गत शुक्रबार वाग्मती प्रदेश सभापति इन्द्र बानियाँको नेतृत्वमा दर्ता भएको अविश्वास प्रस्ताव मंगलबार संसदीय दलको बहुमतबाट अनुमोदन भएको हो । अविश्वास प्रस्तावको पक्षमा २२ मत परेको छ । विपक्षमा १५ मत पर्यो ।
कुन सांसद कता ?
अविश्वासको प्रस्तावको पक्षका सांसद
१) इन्द्रबहादुर बानियाँ
२) शिवराज अधिकारी
३) कञ्चनचन्द्र वादे
४) दिपेन्द्र श्रेष्ठ
५) पुकार महर्जन
६) बिनु रायमाझी पौडेल
७) यमुना देवी श्रेष्ठ
८) उर्मिला नेपाल केसी
९) शान्ता ढकाल
१०) प्रभात तमाङ
११) छिरीङ्ग दोर्जे लामा
१२) मीना पराजुली
१३) याङ्किला शेर्पा
१४) मीन कृष्ण महर्जन
१५) बिमल ठकुरी
१६) मदुकुमार श्रेष्ठ
१७) सुरजचन्द्र लामिछाने
१८) सुरेश श्रेष्ठ
१९) श्रीराम लामिछाने
२०) सुना परियार
२१) श्यामबहादुर खड्का
२२) कृष्णबहादुर तामाङ
अविश्वास प्रस्तावको विपक्षका सांसद
१) बहादुरसिंह लामा तामाङ
२) कुन्दनराज काफ्ले
३) उत्तम जोशी
४) लक्ष्मी श्रेष्ठ
५) रमेशकुमार महत
६) हरिप्रभा खड्गी
७) रामकुमार पहाडी
८) छेत्रबहादुर बम्जन
९) गिता गुरूङ
१०) मसिना खड्का
११) तिर्थ लामा
१२) रामकृष्ण चित्रकार
१३) माया श्रेष्ठ
१४) गोविन्द लम्साल
१५) समिता खड्गी
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google