काठमाडौं । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । बुधबार बिहान कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएकाे छ ।
दुर्घटनापछि बसमा फसेका ३७ जनाको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरिले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वको टोली र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आमदघाटबाटको टोली उद्धारमा खटिएको छ ।
दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google