काठमाडाैं । प्रधानमन्त्री पुष्पमकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति तथा कार्यक्रम केही हदसम्म कर्मकाण्डी स्वीकार गरेका छन् । उनले संसदमा नीति तथा कार्यक्रममा उठेको प्रश्नहरूको जवाफ दिइरहेका छन् ।
‘एक हदसम्म भन्छु यो कर्मकाण्डी छ । केही आधारभूत कुराहरू विगतका सरकारले ल्याउने कुराहरू यस्तै यस्तै हुन्थ्यो । हिजो सरकारको नेतृत्व गर्ने सरकारका साथीहरूले भन्नुपर्ने हुन्छ विल्कुल सही आयो । पहिले ल्याएको गुणत्मक ढंगले फरक थियो,’ उनले भने ।