नेपाल विद्यार्थी संघको नीति अध्ययन तथा प्रशिक्षण विभागको संयोजकमा नारायण पाण्डे नियुक्त भएका छन् । साेमबार संघका केन्द्रीय सदस्यसमेत रहेका पाण्डेलाई अध्यक्ष दुजाङ शेर्पाले मनोनयन गरेका हुन् ।
नेपाल विद्यार्थी संघको विधानमा व्यवस्था भएका विभागमध्ये यस विभागलाई निकै महत्वका साथ हेरिन्छ । स्याङ्जाका पाण्डे अस्कल क्याम्पसका पूर्वइकाई सचिवहुँदै नेविसंघ त्रिचन्द्र क्याम्पसको विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आइरहेका थिए ।
पाण्डेले संगठनले आफूलाई सुम्पिएकाे जिम्मेवारीमा खराे उत्रिने बताए । पाण्डेको मनोनयनले नेविसंघ थप गतिशील हुने र विधान बमोजिम अन्य विभागहरू शीघ्र टुंगिने नेविसंघ प्रवक्ता सुरज सेजुवाले जानकारी दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google