किन सच्याइयाे रास्वपाकाे केन्द्रीय सदस्यको सूची ?

दर्पण दैनिक १६ असार २०८३,११:२४
post

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको सूची सच्याएको छ । बढी मत ल्याए पनि कलस्टर मिलाउने क्रममा निर्वाचित नभएको गुनासो उम्मेदवारहरुबाट आएपछि पार्टीको निर्वाचन आयोगले मंगलबार सूची सच्याएको हो । ९९ केन्द्रीय सदस्यका ३७९ उम्मेदवार थिए । रास्वपा विधानअनुसार ३२ खुला, ३२ समावेशी र ३५ भुगोलबाट निर्वाचित हुनुपर्छ । समावेशी सन्तुलन मिलाउँदा छुटेका उम्मेदवारलाई समावेशी गरी सूची सच्याइएको हो ।

सूची सच्याउँदा बागलुङ २ बाट निर्वाचित सांसद सोम शर्माको ठाउँमा बढी मत ल्याउँदा पनि निर्वाचित नगरिएको भन्दै असन्तुष्टि जनाइ सर्वोच्च अदालत जाने तयारीमा रहेकी पुजा बास्तोलालाई निर्वाचित गरिएको छ । 

शर्मा र बास्तोला गण्डकी प्रदेश भुगोलबाट थिए । सुरुमा गण्डकी भुगोलको ५ निर्वाचित सदस्यमा चौथो नम्बरमा शर्मा र पाँचौ नम्बरमा विष्णुकुमारी गुरुङ (एकता) थिए । शर्माको ९७४ र गुरुङको ७८७ मत थियो । 

अहिले सूची सच्याएर सांसद शर्मालाई हटाइएको छ भने उनको ठाउँमा ८९३ मत पाएकी पुजा बास्तोलालाई निर्वाचित गरिएको छ । महिला सहभागिता बढाउन गुरुङलाई यथावत् राखी सांसद शर्मालाई हटाएर उनको ठाउँमा बस्तोलालाई निर्वाचित गरिएको दाबी गरिएकाे छ । 

यसैगरी आदिवासी पुरुषतर्फ पुछारमा परेका कृष्णमान श्रेष्ठ ७८५ लाई हटाएर उनीभन्दा बढी मत ल्याएका ध्रुव थापामगर ७९० लाई निर्वाचित गरिएको छ । उनीहरु खुलातर्फको समावेशी समूहमा प्रतिस्पर्धा गरेका थिए ।

सुरुमा ध्रुव थापामात्रै लेखिँदा जनजाति प्रतिनिधित्व गराउन उनलाई निर्वाचित गरिएको थिएन । तर डकुमेन्टमा थापामगर भेटिएपछि उनी जनजाति कोटाबाट बढी मत ल्याएका कारण निर्वाचित गरिएको निर्वाचन आयोगले जनाएको छ । 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७
post

रास्वपा काभ्रेमा पुनः ढकाल

२४ जेष्ठ २०८३,०९:२७
post

रास्वपाको बन्द सत्र आज

९ असार २०८३,०७:०६

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: