गृहमन्त्रीको पदमा रहँदा मैले गरेका हस्ताक्षरमा प्रश्न उठ्नेछैन, उठे सामना गर्छु : रवि लामिछाने

दर्पण दैनिक २९ फाल्गुन २०७९,१६:०२
post

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्रीको पदभारमा रहँदा गरेका निर्णयहरु कुनै पनि प्रश्न खडा गर्ने खालको नभएको बताएका छन् । 

सोमबार चितवनको सौरहामा भएको केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले निर्णयमा हस्ताक्षर गर्दा विवादित निर्णयमा हस्ताक्षर नै नगरेको र गरेका निर्णयमा प्रश्न उठ्ने ठाउँ नरहेको बताएका हुन् ।

उनले भने, ‘पदको लोभ यसकारण छ । जुन पदमा पुगेर जनताको सेवा गर्न पाइन्छ। मैले गृहमन्त्री बन्दा ४०/४१ वटा हस्ताक्षर गरेको रहेछु । त्यो हस्ताक्षर गरेको निर्णयहरुमा एउटा पनि प्रश्न आएको छ भने म सामना गर्न सक्छु ।’

देशमा आएको राजनीतिक उथलपुथलले रास्वपालाई हजारौं समस्या र चुनौती ल्याएको बताउँदै सभापति लामिछानेले यस्ता प्रत्येक चुनौती र समस्यालाई पन्छाउँदै यहाँसम्म आइपुग्न सकेकोमा गर्व गर्नुपर्ने बताए ।

अन्य राजनीतिक दलले अहिलेसम्म नभोगेका समस्या रास्वपाले ७ महिनामै भोगेको समेत लामिछानेले बताए ।

चितवनको सौरहामा आइतबार (हिजो) देखि सुरु भएको प्रशिक्षण कार्यक्रम सोमबार (आज) समापन हुने रास्वपाकी केन्द्रीय सदस्य बिन्दबासिनी कंसाकारले जानकारी दिइन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: