
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दाराम गिरी ‘नवीन’ को निधन भएको हो । शुक्रवार साँझ जिल्लाको बर्दगोरियास्थित दोदोधरा अस्पतालमा उनको निधन भएकाे हाे ।
मुखको क्यान्सरबाट पीडित ३६ वर्षीय गिरीले लामो नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका थिए । अन्तिम पटक काठमाडौँमा उपचार गराएर घरमै आराम गरिरहेका बेला स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा शुक्रवार साँझ करिब ६ बजे उनको निधन भएको बताइएकाे छ । उनी एउटै वडामा दुई पटक निर्वाचित भएका थिए । २०७४ र २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा गिरी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
गिरी कांग्रेस जिल्ला सदस्य पनि हुन् । स्वर्गीय गिरीको अन्तिम संस्कार आजै उनको गाउँ फलेविसौना हुने छ । गिरीका दुई छोरा एक छोरी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google