काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्ने तयारी रहेको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिएका छन् ।
महामन्त्री ढकालका अनुसार बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।
यसका साथै बैठकमा समसामयिक विषय तथा संगठनको अद्यावधिक, आर्थिक विभागबाट सहकारी, लघुवित्त, बैंक, इन्सुरेन्स, रिइन्सुरेन्ससम्बन्धी भएको अध्ययन, विभागहरूको रिपोर्ट कार्डलगायतका बारेमा छलफल हुनेछ ।
स्वपाले २१ विकास आयोजनामा पदयात्रा गर्ने तयारी गरिरहेको छ। विकास निर्माणका कार्यमा सरकारलाई दबाब दिन पदयात्रा गर्न लागिएको नेताहरूले बताएका हुन्। यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।
यसअघि सभापति रवि लामिछानेले नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटर सडकमा पैदल यात्रा गरेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google