२३ दिन हिँडेर काठमाडौं आएका मिटरब्याजपीडित र सरकारबीच ४ बुँदे सहमति

दर्पण दैनिक २९ फाल्गुन २०८०,०७:११
post

काठमाडौ । सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिबीच ४ बुँदे सहमति भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग आइतबार र सोमबार भएको वार्ता सहमतिमा टुंगिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको छ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरसम्मबाट २३ दिन हिँडेर फागुन ९ गते काठमाडौं आइपुगेका मिटरब्याजपीडित निरन्तर आन्दोलनमा थिए । 

सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिअनुसार मिटरब्याजपीडितको समस्या समाधान गर्न अर्को आयोग गठन गरिने भएको छ । अनुचित लेनदेन अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक अध्ययन तथा जाँचबुझ गरी राय÷सुझाव सहितको प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध जाँचबुझ आयोग गठन गर्ने सहमति गरिएको हो । सहमतिअनुसार ३ महिनाभित्र आयोगले आफ्नो प्रतिवेदन सरकारलाई पेस गर्न समयसीमा तोकिएको छ ।  

उक्त आयोगको कार्यादेशमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग–२०८० ले संकलन गरी नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट नेपाल प्रहरीमा पठाइएका र आयोग गठन भएपछि निवेदकबाट प्राप्त हुने नयाँ उजुरीहरूबारे जाँचबुझ गर्नेछ । सरकारले यसअघि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षता ‘अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९’ गठन गरेको थियो । आयोगले देशभरबाट मिटर ब्याजविरुद्ध उजुरी आह्वान गरेको थियो ।

४ बुँदे सहमति भएपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ । सहमतिका विषयहरूमा जानकारी दिन र पीडितहरूका माझमा प्रतिबद्धता जनाउन गृहमन्त्री लामिछाने पीडितहरू बसिरहेको स्थान भृकुटीमण्डपमा पुगेका थिए ।

माघ १६ गते पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट एकैदिन पैदल मार्च सुरु गरेका पीडितहरू २३ दिनसम्म निरन्तर पैदलयात्रा गरेर फागुन ९ मा काठमाडौँ आइपुगेका थिए । उनीहरूले त्यसयता भृकुटीमण्डपमा त्रिपालमुनि बसेर निरन्तर संघर्ष गरिरहेका थिए ।

उपप्रधानन्त्री लामिछानेले सञ्चारकर्मी हुँदा आफूले सबैभन्दा धेरै चासोका साथ उठान गरेको विषयमा भाग्यले गृहमन्त्री हुँदा आफैँ समाधानको साक्षी बन्न पाउँदा खुसी लागेको बताए । लामिछानेले आन्दोलरत मिटरब्याज पीडितलाई आइतबार छलफलका लागि सिंहदरबारमा बोलाएका थिए ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: