ट्राफिक प्रहरीकाे यात्रु मैत्री अभियान, भाडादर र आरक्षित सिट पालनामा कडाइ गरिने

दर्पण दैनिक १ चैत्र २०८०,११:४६
post

काठमाडाैं । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १५ दिने यात्रु मैत्री अभियान–२०८० आजबाट सञ्चालनमा ल्याएको छ । यात्रुहरुको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसावले गन्तब्य तय गर्न सक्ने अवस्थाको सिर्जना गर्नको निमित्त ट्राफिक प्रहरी कार्यालयले यात्रु मैत्री अभियान सञ्चालनमा ल्याएको हाे । 

यात्रुबाहक सार्वजनिक सवारी साधनमा भाडादर राखेको छ छैन ? जेष्ठ नागरिक, महिला तथा फरक क्षमता भएका ब्यक्तिहरुका लागि आरक्षित सिट पालना भएको छ छैन ? सवारीमा यात्रा गर्दा महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई हुने दुर्व्यवहार, त्यस्तै भाडाका सवारी साधनले बढी भाडा लिई ठगेको, यात्रुले भनेको स्थानमा जान नमानेको, अनाधिकृत राईड सेयर गरेको बिषयमा अनुगमन पश्चात यदि कार्यान्वयन गरेको नपाईएमा आवश्यक कारबाही गरिने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । 

आज देखी आगामी चैत्र १४ गते सम्म सञ्चालन गरिने यो अभियानमा प्रहरी निरीक्षकको नेतृत्वमा ४० जना प्रहरी कर्मचारीहरु सादा पोशाकमा खटिने र आवश्यकता अनुसार स्थानीय प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरुबाट समेत थप जनशक्ति परिचालन गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । आज भएको अनुगनमनका क्रममा सवारी साधनमा भाडा दर नराख्ने २१७, आरक्षण सिट कार्यान्वयन नगर्ने ३५, यात्रु लिन इन्कार गर्ने ४३, लापरबाही तरिकाले सवारी चलाउने तथा यात्रीलाई हैरानी दिने ६ र बढी भाडा लिने २ गरी जम्मा ३०३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ ।


यो अभियानबाट यात्रुबर्गलाई सुरक्षित, सम्मान जनक, नठगिने वातावरणको सिर्जना हुनुका साथै यात्रुहरु समयमै गन्तब्यमा पुग्नलाई मद्दत पुग्ने अपेक्षा गरिएको र यो अभियान, हाललाई १५ दिन सम्म सञ्चालन गरिने भएतापनि अभियान सञ्चालन अवधिभरको पृष्ठपोषणका आाधारमा अनुगमनलाई निरन्तरता दिईने बताईएको छ । 

यो अभियानको सम्पूर्ण अनुगमन तथा मूल्यांकन भने काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गर्ने र यात्रुहरुले यात्रा गर्ने क्रममा कुनै समस्या परेमा वा यात्राका क्रममा  दुर्व्यवहार भएमा नजिकको ट्राफिक प्रहरी कार्यालय वा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३ मा खवर गर्न पनि प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले अनुरोध गरेका छन् ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: