बालुवाटारबाट डेरा सर्न प्रधानमन्त्री प्रचण्डलाई गगनको सुझाव

दर्पण दैनिक १० असार २०८१,१३:५६
post

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूले भनेको नटेर्ने मन्त्री फेर्न सुझाव दिएका छन् । त्यसो गर्न नसके बालुवाटारबाट आफैँ डेरा सर्न पनि उनले प्रचण्डलाई सुझाएका छन् ।

आइतबारको संसद बैठकमा स्थानीय तहहरूलाई दिइने समानीकरण अनुदानको विषयमा उक्त सुझाव दिएका हुन् । उक्त अनुदान स्रोत नभएकाले कटौती गर्न खोजिएको भन्दै उक्त सुझाव दिएका हुन् । प्रधानमन्त्रीले आफूले चाहे पनि मन्त्रीका कारण गर्न नसकिएको जवाफ दिने गरेको भन्दै थापाले यस्तो बताएका हुन् ।

'प्रधानमन्त्रीले भन्नुभएछ- मेरो त मन छ तर मन्त्रीले मानेनन्,' थापाले भने, 'यो संसदीय व्यवस्था हो । नटेर्ने मन्त्री फेर्ने, फेर्न नसके सिंहदरबार र बालुवाटारबाट डेरा सर्ने ।'

उनले समानीकरण अनुदान स्थानीय सरकारको अधिकार र संघीय सरकारको दायित्व भएको छ । तर संघ सरकार स्रोत छैन भनेर पन्छिन खोजेको उनको टिप्पणी छ । 'वडाको क्षेत्राधिकारमा बजेट हाल्न नलजाउने अनि स्रोत छैन भनेर कटौती गर्ने ?' थापाले प्रश्न गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११