बाटो छेकेर गालि गर्दै रास्वपा सांसद सोविता गाैतममाथि दुर्व्यवहार

दर्पण दैनिक २१ श्रावण २०८१,१४:०७
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले आफूलाई आइतबार साँझ काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-६ मा पुग्दा दुर्व्यवहार भएको बताएकी छन् । बाढी-पहिरोले पुर्‍याएको क्षतिको अनुगमनका क्रममा पुगेका बेला आफूलाई दुर्व्यवहार भएको दाबी उनले सोमबारको संसद् बैठकमा गरेकी हुन् ।

स्थानीयबासीले आफूलाई पहिरो झरेको ठाउँ देखाएर फर्किने क्रममा टोलमा जम्मा भएका युवाहरूले घेरेर दुर्व्यवहार गरेको उनले सोमबार बसेको संसद् बैठकमा बताइन् ।

‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए । १५/२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनिन्, ‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे । मलाई घेर्ने काम भयो । १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे ।’


उनले आफूलाई त्यसरी गाली नगर्न भनेर अनुरोध गर्दा पनि नसुनिएको बताइन् । ‘मैले नम्र भएर बोल्दा पनि चर्किरहेका थिए । मलाई दुर्व्यवहार गरे । दुर्व्यवहार गर्न उनीहरू बाटो ढुकेर बसेका थिए । मलाई तर्साए । राष्ट्रिय दलकै युवा नेताको नेतृत्वमा ममाथि दुर्व्यवहार भएको छ’, उनले भनिन्, ‘यो हर्कतको जिम्मा उनी आवद्ध त्यो राष्ट्रिय दलले लिने कि नलिने ?’
तर सोविताले ती युवाहरू कुन दलका थिए भन्ने खुलाएकी छन् । सोविता राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं २ की सांसद हुन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: