माओवादीका पूर्वब्रिगेड कमाण्डर मार्शल पक्राउ

दर्पण दैनिक ११ माघ २०८०,११:११
post

काठमाडौं । हाल नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय सदस्य रहेका माओवादी पूर्वब्रिगेड कमान्डर जितमान पुन (मार्शल) पक्राउ परेका छन् । रुकुम पूर्वको भुमे गाउँपालिका–१ का पुनमाथि २०५३ सालमा चरेस ओसारपसारसम्बन्धी मुद्दा चलेको थियो । सो मुद्दामा जिल्ला अदालत दाङले साढे दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना तोकेको थियो । 


सोही मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । अदालतले पुनलाई डिल्लीबजार कारागार पठाएको छ । पुनलाई पक्राउ गरिएको विषयमा पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराईले जनयुद्धकालीन मुद्दामा पुनलाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् ।


‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य जितमान पुन ‘मार्शल’ लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरिएकोमा नेसपाको घोर आपत्ति छ । हामी यो घटनाको तीव्र भर्त्सना गर्दछौँ,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन् । 


उनले यसबारे तुरुन्त आवश्यक कदम चाल्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह समेत गरेका छन् । पुन ०७४ सालको निर्वाचनमा रुकुम पूर्वबाट बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिबाट उम्मेदवारसमेत थिए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४
post

गगन र विश्व कारबाहीमा

१ माघ २०८२,१६:०७
post

मोरङ– ३ मा गणेश कार्की विजयी

२४ फाल्गुन २०८२,०७:२२
post

सल्यानमा नेकपाका मल्ल विजयी

२४ फाल्गुन २०८२,०७:२७
post

दाङ-१ मा रास्वपाका पाठक विजयी

२४ फाल्गुन २०८२,१०:४१
post

जुम्लामा रास्वपाकाे जमानत जफत

२५ फाल्गुन २०८२,११:५४
post

एमाले अध्यक्ष ओलीलाई पितृशोक

२९ फाल्गुन २०८२,०८:२७
post

समानुपातिक सिट बाँडफाँट

२९ फाल्गुन २०८२,०८:३७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: