
काठमाडौँ । काठमाडौँको स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको विद्युत् लाइन आजदेखि झण्डै एक साता अवरुद्ध हुने भएको छ । आज (वैशाख २९) देखि आगामी सोमबार (वैशाख ३१) सम्म बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हुसनटार, खड्का गाउँ र थानकोट फिडरको विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी आगामी जेठ २ गतेदेखि ४ गतेसम्म थानकोट र बलम्बु फिडरमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ । प्राधिकरणले सूचना जारी गरेर यो जानकारी दिएको हो ।
स्युचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको पुरानो तार निकालेर नयाँ तार जडान गर्नको लागि विद्युत् सेवा बन्द गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
आजदेखि आगामी सोमबारसम्म काठमाडौँको पाटीचोक, अमरज्योति, पुरानो हेल्थपोष्ट, कृष्ण मन्दिर, नाग मन्दिर, गौतमगाउँ, असनटार, कंकाली, पहेँलो गुम्बा, गोदामचोक, महांकाल, सीताराम स्कुल, पद्यमा तेस्रो, फस्कु, जयन्तीगाउँ, रामकोट, पुरीगाउँ, दर्शनखोला, दहचोक, भीमढुंगा, खड्कागाउँ, खत्रीगाउँ र छत्रे देउराली क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुनेछ ।
त्यसैगरी सशस्त्र प्रहरीको गेट, शालिकचोक, एलआरआई, खड्कागाउँ, न्युडाइमण्ड, पुरानो हिमशिखर, पिलबोट, थानकोट, डाँडा कारखाना, मितेरीचोक र पञ्चकन्या स्कुल क्षेत्रमा पनि आजदेखि दैनिक ६ घण्टा बत्ती जानेछ ।
त्यसैगरी पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँगाउँ, किटनी भन्जयाङ, बाईछाप, यातायात, दाउरा डिपो, हाइभिजन कोलोनी, पशुविकास र सिर्जना चोक क्षेत्रमा पनि विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी आगामी जेठ २ गतदेखि ४ गतेसम्म थानकोट फिडर अन्तर्गतको पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुंगेधारा, ब्राइट फ्युचर, लामाचौर, बानियाँगाउँ, किटनी भन्ज्याङ, बाइछाप, यातायात, दाउरा डिपो, आइभिजन कोलोनी, पशुविकास, सिर्जना चोक क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ ।
त्यसैगरी बलम्बु फिडर अन्तर्गत पर्ने कलंकी, ढुंगेअड्डा, आर्केट कोलोनी, तीनथाना, नैकाप, विष्णुदेवी, बोसीगाउँ, हरियाली, सतुंगल, नयाँ नैकाप, चुनदेवी र प्रगति नगर क्षेत्रमा बत्ती जानेछ ।










































































































































































































































































.jpg)














































































































































.jpg)










































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google