काठमाडौं । काठमाडौँ महानगरपालिकाले डा. सन्दुक रुइत लगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शुक्रबार महानगरले टुँडिखेलको सैनिक मञ्चमा आयोजित २९औँ महानगर दिवसको अवसरमा वरिष्ठ नेत्र रोग विशेषज्ञ रुइत लगायतका व्यक्तिलाई सम्मान गरेको हो।
महानगरले अभिनेत्री मनीषा कोइराला, नेपाल भाषाका गद्य, पद्य, गीत लगायत थुप्रै रचना प्रकाशित गरेका जनकवि दुर्गालाल श्रेष्ठ, धावक वैकुण्ठ मानन्धर र स्ट्रक्चरल इन्जिनियर मनोहरलाल राजभण्डारीलाई सम्मान गरेको हो।
यसैगरी महानगरपालिकाले एआईजी मीरा चौधरी, नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्का, फुटबल प्रशिक्षक बालगोपाल महर्जन, कराँतेकी राष्ट्रिय खेलाडी एरिका गुरुङ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, कराँते प्रशिक्षक केदारेश्वरमान स्थापितलाई पनि सम्मान गरेको छ।
उनीहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मानपत्र हस्तान्तरण गरेका थिए। महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले दोसल्ला र उपप्रमुख सुनिता डङ्गोलले नगद चेक हस्तान्तरण गरेकी थिइन्। महानगरले उनीहरूलाई महानगरले जनही १ लाख ५० हजार नगदसहित सम्मान गरेको छ।










































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google