गोरखा र बागलुङका बाढी पहिरो पीडितलाई लायन्स क्लबले बितरण गर्याे राहत सामाग्री

दर्पण दैनिक २९ श्रावण २०८१,१२:२६
post

काठमाडौं । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिकाका बाढी पहिरो पीडितलाई राहत सामाग्री प्रदान गरेको छ । लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनको राहतकोषबाट प्राप्त सहयोगलाई डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले कम्तीमा ४० परिवारलाई पुग्ने सिरक, डसना लगायतका लत्ताकपडा र खाद्यान्न हस्तान्तरण गरेको हो । 

उक्त टोलीमा सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, मोडर्न भिलेज चिफ लायन चन्दनबाबु खत्री, रिपोर्टिङ चिफ लायन यम बहादुर बसेल, जोन चियरपर्सन लायन सबिन खत्री, लायन्स क्लब अफ गोर्खा आरुघाटका पदाधिकारी लगायतका अन्य लायन्स लिडरहरुको उपस्थिति थियो  ।  मृतक ५ जनाको परिवारलाई आरुघाटमा राहत सामाग्री प्रदान गरिएको थियो । 

पीडित परिवारका लागि आवश्यक बाटोका कारण प्रभावित स्थल गाउँमा पुग्न नसकेपछि अन्य पिडित परिवारका लागि आवश्यक राहत आरुघाट गाउँपालिकाका उपाध्यक्ष कल्पना नेपालीलाई बुझाइएको थियो । आरुघाट गाउँपालिका र धार्चे गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय प्रशासनले सबै राहत सामाग्रीहरु संकलन गरी पिडितलाई दिने कार्य गरिरहेको छ । 

त्यसैगरी बागलुङको बडिगाडका पहिरोबाट पिडीत परिवारलाई पनि लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले सहयोग गरेको छ । डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाको नेतृत्वमा गएको टोलीले बडिगाड गाउँपालिका वडा नं ९ को नयाँ बस्ती र वडा नं. १० को आरुपाता, पात्ले क्लाबझिङ, खोर सल्लेनधारा लगायतका बस्तीमा सहयोग गरेको हो । 

उनीहरुले ३८ परिवारका लागि आवश्यक खाद्यान्न, सिरक डसना लगायतका लत्ताकपडा र नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य संघ बागलुङ, लायन्स क्लब अफ बागलुङ गौरीधामसँग समन्वय गरी त्रिपाल र स्यानिटरी सामाग्रीहरु बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेल तथा वडा अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो । 

बागलुङ पहिरोमा परी ११ जनाको मृत्यु भएको थियो भने १ जनाको अवस्था अझै पनि अज्ञात छ  । 

डिष्ट्रिक्ट ३२५ जे नेपालको टोलीमा पाष्ट डिष्ट्रिक्ट गभर्नर लायन ध्रुब बहादुर थापा, फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर लायन मिलन बाबु मल्ल, सेकेन्ड भाईस डिष्ट्रिक्ट गभर्नर लायन प्रजापती बाँस्तोला, चिफ एडभाईजर लायन कुश प्रसाद मल्ली, डिजास्टर रिलिफ चिफ लायन उर्मिला श्रेष्ठ, क्लब एक्स्टेन्सन चिफ लायन नरेश कँडेल, धौलागिरी क्षेत्रका रिजन, जोन चियरपर्सन, क्लब प्रेसिडेन्ट लगायतका लायन्स सदस्यहरुको सहभागिता थियो । 
पीडित परिवारका लागि सकेको आवश्यक सामाग्री प्रदान गरिएको डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले बताइन् । लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपालले गोरखाको धार्चे गाउँपालिका लगायत देशका विभिन्न भागमा बाढी पहिरोले जनधनको क्षति भएपछि लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनमा राहत माग गरेको थियो । 

उक्त मागलाई सम्बोधन गर्दै लायन्स क्लब इन्टरनेसनल फाउण्डेसनले राहतकोषबाट १० हजार डलर रकम प्रदान गर्ने निर्णय गरेको छ ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: