संसद्का दुवै सदनको बैठक आज बस्ने, यस्ताे छ कार्यसूची

दर्पण दैनिक २६ श्रावण २०८०,०८:०५
post

काठमाडौं । साउन १० देखि लगातार अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको हो।

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यक्रम छ।

कार्यसूचीअनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउनेछन्। बाधा अड्काउ फुकाऊ आदेश पेस गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेस गर्नेछन्।

शिक्षामन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन् भने सभामुखले १० पटक वा त्यसभन्दा बढी समय बैठकमा अनुपस्थित सांसदको नाम पढ्ने कार्यसूची छ। विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदको नामावली वाचन गरेर सुनाइने विषय पनि कार्यसूचीमा रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यस्तै, संसद् सचिवालयले राष्ट्रिय सभाको बैठक पनि आज बस्ने कार्यसूची सार्वजनिक गरेको छ। एमाले अवरोध नभए आज बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको बेहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने कार्यसूची तय भएको छ ।

कार्यसूचीमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीकुमारी राईले संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन २०८० बैठकमा पेस गर्ने उल्लेख छ । एमालेले दुवै संघीय संसद् बैठक अवरोध गर्दै आएकाले आजको बैठक कार्यसूचीअनुसार सञ्चालन हुनेमा भने अन्योल छ ।

सरकारले संसद्मा अवैध सुन बरामद प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय संसदीय समिति गठनका लागि तयार नभएसम्म सदन चल्न नदिइने एमाले नेता गोकर्ण विष्टले बताए। गत मंगलबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणबारे सदनलाई जानकारी दिने सर्तमा एमालेले अवरोध खुलाए पनि पछि पुनः अवरोध गरेको थिए । मंगलबार सदन अवरोध भएपछि सभामुख घिमिरेले आजका लागि प्रतिनिधिसभा बैठकको मिति तय गरेका हुन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: