काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल सुदुरपश्चिम प्रदेश कमिटीको अध्यक्षमा अरूण कुँवर निर्बिरोध चयन भएका छन् । बिहिवार डोटीमा सम्पन्न भएको प्रदेश अधिवेशनबाट अध्यक्षमा कुँवर चयन भएका हुन् ।
यस्तै, उपाध्यक्षमा बमबहादुर शाही, सचिवमा प्रकाश खड्का, सह–सचिवमा रामबहादुर रोकाया र दिपेन्द्र खड्का, कोषाध्यक्षमा खगेन्द्र नाथ चयन भएका छन् भने महिला विभाग प्रमुखमा श्रीया सिंह चयन भएकी छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google