रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

दर्पण दैनिक १३ फाल्गुन २०७९,१०:२०
post

काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । वैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रामचन्द्रलाई राष्ट्रपति उम्मेदवार बनाउने प्रस्ताव गरेका थिए।

पौडेलले आजै नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफनो उम्मेदवारी दर्ता गर्नेछन् । ८ दलीय नयाँ गठबन्धनले राष्ट्रपतिमा कांग्रेसलाई दिने सहमति गरेको थियो ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९