
काठमाडाैं । राष्ट्रिय सभाको बैठक आज मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमका अनुसार आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९–८० को बजेटका अर्धवार्षिक बजेट मूल्यांकन प्रतिवेदनबारेमा वक्तव्य राख्नेछन् ।
सोहीअनुसार दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले बैठकमा समितिको वार्षिक प्रतिवेदन २०७८–८९ बैठकमा पेश गर्ने कार्यसूची तय गरिएको छ । महासचिव गौतमका अनुसार आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले बैठकमा प्रतिवेदन पेश गर्नेछिन् ।
सोहीअनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुव प्रधानले बेपत्ता पारिएको व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ बमोजिमको बाधा अडकाउ फुकाउ आदेश सभासमक्ष पेश गर्ने कार्यसूची छ । यसैबीच प्रतिनिधिसभाका पूर्व सदस्य कर्मा घलेको शोक प्रस्ताव बैठकमा पेश हुने संघीय संसद सचिवालयले जनाएको छ ।









































































































































































































































































.jpg)















































































































































.jpg)







































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google