
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकले सो निर्णय गरेको हो । बैठकले सरकारका मन्त्री फिर्ता बोलाउने निर्णय गरेपनि समर्थन भने जारी राख्ने निर्णय गरेको छ । रास्वपाबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र डा. तोसिमा कार्की स्वास्थ्यराज्यमन्त्री छन् । रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथ गृहमन्त्री थिए । तर नागरिकता मुद्दामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि उनी पदमुक्त भए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई गृह मन्त्रालय दिन तयार नभएपछि सरकार नै छाड्ने निर्णय गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google