नाउपाको अध्यक्षमा लालवीर

दर्पण दैनिक १६ श्रावण २०८२,१८:४९
post

काठमाडाैँ । नागरिक उन्मुक्ति पार्टी नाउपाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई बर्खास्त गर्दै लालवीर चाैधरीलाई नयाँ अध्यक्ष चयन गरेको छ । काठमाडाैंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई हटाएर लालवीरलाई अध्यक्ष चुनेको हो । नाउपाका सांसदसमेत रहेका लालवीर रेशम चाैधरीका बुबा हुन् । उनी बर्दियाबाट निर्वाचित भएका थिए । 

अध्यक्ष चुनिएपछि पत्रकारसँग लालवीरले भने, 'पार्टीको अवस्था र परिस्थितिले गर्दा हामीले यो निकास खोजेका हौँ,डेढ वर्षदेखि बैठक नडाकेकाले पार्टी अनिर्णयको बन्दी बनेको थियो । रुपन्देहीमा उपनिर्वाचन आइसकेको अवस्थामा उम्मेदवारी दिने प्रक्रिया अघि बढाउन पनि यो निर्णय आवश्यक थियो ।’
 

यता रञ्जिताले भने भेला अवैध भएको जिकिर गरेकी छन् । उनले आज मात्रै संसदीय दलका नेता गंगाराम चाैधरीलाई स्पष्टीकरण सोधेकी थिइन् । पछिल्लोपटक घुस प्रकरणमा मुछिएपछि श्रेष्ठ विवादमा तानिएकी छन् । यद्यपि श्रीमान् श्रीमतीसमेत रहेका चाैधरी र श्रेष्ठबीच पार्टी राजनीतिलाई लिएर लामो समयदेखि विवाद चल्दै आएको छ । 

टीकापुर हत्याकाण्डका मुख्य योजनाकार ठहर रेशमले जेलमै रहेका बेला श्रीमतीलाई अध्यक्ष बनाएर पार्टी खोलेका थिए । हाल राष्ट्रपतिबाट आममाफी पाएर रेशम जेलबाहिर छन् । जेलबाट छुटेपछि उनले टीकापुरमै नाउपाको महाधिवेशन गरेर आफैँ अध्यक्ष बनेका थिए ।

तर हत्या मुद्दामा दोषी ठहर व्यक्ति राजनीतिक दलको सदस्य हुनै नसक्ने भन्दै निर्वाचन आयोगले श्रेष्ठकै नेतृत्व ब्युँताएको थियो । अहिले रेशमको आममाफीविरुद्ध पनि मुद्दा विचाराधीन छ । कुनै पनि समय आममाफी बदर हुने त्रासमा रहेका रेशम शीर्ष नेताहरूसँग बारम्बार भेटिरहन्छन् । आज कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटलाई पनि उनले महत्त्वपूर्ण राजनीतिक भेटघाट भनेका छन् । आफू राजनीतिक पदमा आउन नमिल्ने भएपछि रेशमले सुरुमा श्रीमतीलाई अघि सारेका थिए । अहिले बुबालाई अघि सारेका छन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: