महामन्त्री मुकुल ढकाल रास्वपाबाट निलम्बनमा, कार्यवाहक महामन्त्रीको जिम्मा कविन्द्र बुर्लाकोटीलाई

दर्पण दैनिक २१ असार २०८१,०६:०८
post

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री पदबाट मुकुल ढकाललाई निलम्बन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई ७ दिनका लागि निलम्बन गर्ने पार्टी अनुशासन आयोगको सिफारिसलाई अनुमोदन गरेको सहप्रवक्ता मनिष झाले जानकारी दिए । 

यसअघि नयाँ महामन्त्रीमा हालका प्रमुख सचेतक सन्तोष परियारको सम्भावनाबारे चर्चा भएको थियो । यद्यपि, बैठकले कार्यवाहक महामन्त्रीको जिम्मेवारी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई दिएको छ । सहप्रवक्ता रहेका मनिष झा प्रवक्ता तोकिएका छन् ।

इलाम-२ को उपचुनावमा रास्वपा उम्मेदवार मिलन लिम्बूको जमानत जफत भएपछि पार्टीको अवस्थाबारे बुझ्ने सचिवालयको निर्णयअनुसार ६ जेठमा समीक्षा यात्रामा निस्केका ढकालले एक महिनापछि फर्केर १२ असारमा प्रतिवेदन बुझाएका थिए । 

सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाउनुअघि नै यसका केही अंश मिडियामा सार्वजनिक गरेको भन्दै उनलाई कारबाही गर्नुपर्ने आवाज पार्टीमा उठेको थियो । वर्तमान अवस्थामा रास्वपाको जनमत अत्यन्तै नाजुक रहेको र यही अवस्था रहे आगामी आम निर्वाचनमा एक, दुई सिटभन्दा नजित्ने निचोड उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । 

प्रतिवेदनमा प्रयोग गरिएका भाषा र उनका पछिल्ला गतिविधि दुवै बदनियतपूर्ण रहेको भन्दै पार्टीभित्र उनी शंकाको घेरामा परेका थिए । यसअघि सभापति लामिछानेका विश्वासपात्र बनेर काम गरेका ढकाल इलाम २ को चुनावपछि पार्टी नेतृत्वसँग चिढिँदै गएका थिए । 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९
post

शीतलनिवासमा जुट्यो सहमति

२७ भाद्र २०८२,१९:४२
post

विष्णु पौडेलले मागे माफी

३ आश्विन २०८२,०९:३४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: