काठमाडौं । यो वर्षको निजामती दिवसमा पुरस्कृत हुने १० उत्कृष्ट कर्मचारीको सूची सरकारले सार्वजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शनिबार उत्कृष्ट कर्मचारीहरु पुरस्कृत हुँदैछन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सुपरिटेन्डेन्ट इन्जिनियर रामचन्द्र खनाल, कर्णाली प्रदेशका प्रदेश सचिव शंकर बहादुर केसी, प्रधानमन्त्री कार्यालयका उपसचिव राजु गुरागाई, कागेश्वरी मनहरा नगरपालिकाका प्रशासकिय अधिकृत सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव चुणाराज न्याैपाने छन् ।
त्यस्तै, गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, संघीय मामिला मन्त्रालयका उपसचिव चिरञ्जिवी नेपाल, नापी कार्यालय, खाँदबारीका सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्षका दरोगा बुनु राना र समशितोष्ण बागवानी केन्द्र मुस्ताङका कार्यालय सहयोगी निलबहादुर पुर्जा मगर छन् । उत्कृष्ट कर्मचारीकाे सूचीमा एक जना पनि सचिव परेका छैनन् ।
अनय ३० जनालाई निजामती सेवा पुरस्कार दिने निर्णय भएको छ । २ लाख रुपैयाँ राशीको सर्वाेत्कृष्ट निजामती पुरस्कारका लागि भने सरकारले कर्मचारी छान्न सकेन ।










































































































































































































































































.jpg)















































































































































.jpg)







































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google