नेपाल टेलिकमको दसैँ–तिहार अफर : ४९९ रुपैयाँमा ५ जीबी दैनिक डाटा

दर्पण दैनिक २४ आश्विन २०८३,१२:०८
post

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विभिन्न सहुलियतसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत मोबाइल डाटा, भ्वाइस, एसएमएस र एफटीटीएच इन्टरनेट सेवामा छुट तथा थप सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार जीएसएम मोबाइल प्रयोगकर्ताले ४९९ रुपैयाँमा ५ जीबी र ६९९ रुपैयाँमा १० जीबीको फेस्टिभल अनलिमिटेड डाटा प्याकेज लिन सक्नेछन् । यी प्याकेज ३० दिनका लागि उपलब्ध हुनेछन् ।

५ जीबी डाटा प्याकेजमा दैनिक तोकिएको डाटा सीमा सकिएपछि बाँकी समय २ एमबीपीएस गतिमा इन्टरनेट चलाउन सकिनेछ । त्यस्तै, १० जीबी डाटा प्याकेजमा दैनिक डाटा सीमा सकिएपछि बाँकी समय ३ एमबीपीएस गतिमा इन्टरनेट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीले २५० रुपैयाँमा सबै नेटवर्कमा कुरा गर्न मिल्ने एक हजार मिनेटको भ्वाइस प्याकेज र ९९ रुपैयाँमा एक हजार अन-नेट एसएमएस सुविधासहितको फेस्टिभ म्यासेज प्याकेज पनि उपलब्ध गराउनेछ । यी प्याकेजको अवधि ३० दिनको हुनेछ ।

एफटीटीएच इन्टरनेट सेवातर्फ असोज २५ देखि कात्तिक ३० सम्म नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क छुट दिइनेछ । त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले एक महिना थप सुविधा पाउनेछन् । यससँगै प्याकेजको अवधि १३ महिना हुनेछ ।

सेट–टप बक्ससहितको प्याकेज खरिद गर्ने ग्राहकलाई एक हजार रुपैयाँ छुटको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

नेपाल टेलिकमका अनुसार मोबाइलमार्फत अफरका प्याकेज खरिद गर्न असोज ३० देखि कात्तिक ३० सम्मको अवधि तोकिएको छ । ग्राहकले मोबाइलबाट 141511# डायल गरेर वा नेपाल टेलिकम एप प्रयोग गरेर प्याकेज खरिद गर्न सक्नेछन् ।

चाडपर्वका बेला ग्राहकलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाउनुका साथै डिजिटल सेवाको प्रयोग बढाउन अफर ल्याइएको नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेले बताएका छन् ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

इन्धनको मूल्य घट्यो

३१ असार २०८२,२२:०३
post

२ लाख नाघ्यो सुनको भाउ

१३ भाद्र २०८२,११:२२
post

दुग्ध किसान पनि सडकमा

१५ भाद्र २०८२,१३:४५
post

अन्डाको भाउ बढ्यो

११ कार्तिक २०८२,१५:३४
post

अण्डाको मूल्य घट्यो

११ पुष २०८२,१२:४२
post

नाडा अटो शो २०२६ सुरु

९ भाद्र २०८३,१२:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: