सार्वजनिक रूपमा पार्टी नेता र नेतृत्वप्रति आलोचना बन्द गर्नुपर्छ : डा. आरजु राणा देउवा

दर्पण दैनिक ५ श्रावण २०८०,१२:२२
post

काठमाडौँ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले पार्टी नेतृत्वको सार्वजनिक रूपमा हुने गरेको आलोचना रोक्नुपर्ने बताएकी छन् । जारी केन्द्रीय समिति बैठकको चौथो दिन आफ्नो धारणा राख्ने क्रममा नेतृ देउवाले सार्वजनिक रूपमा पार्टी नेता र नेतृत्वप्रति भएको आलोचना बन्द गर्नुपर्ने बताएकी हुन् । साथै उनले क्रियाशील सदस्यता वितरणमा कडाइ गर्नुपर्ने बताइन् । 

‘क्रियाशील सदस्यता के के पुरा गरेपछि मात्र दिनुपर्ने हो त्यो किटान गर्नुपर्‍यो । अरूले पार्टीले दिए भन्दैमा हामी त्यसैमा किन दौडने ?’, प्रश्न गर्दै देउवाले भनिन्– ‘हाम्रो त जनताले प्रिन्सिपल बुझेको पार्टी हो, पुरानो पाटी पनि हो, हाम्रो आफ्नै प्रिन्सिपल छ ।’ उनले राजनीति गर्ने भनेकै असहज स्थितिमा गर्ने भन्दै पार्टीमा आबद्ध नेता कार्यकर्ता सबै पार्टीको सिद्धान्तअनुसार चल्न नसकेको बताइन् ।

‘पार्टी सिद्धान्तअनुसार चल्नुपर्‍यो । निर्वाचन आयोगले ३० प्रतिशत महिला उठाउनै पर्ने भनेको छ । हाम्रो पार्टीको त्यसमा के योजना हो ?’, उनले दलितहरूका लागि पनि आवश्यक मापदण्ड बनाउनुपर्नेमा जोड दिँदै समानुपातिकको व्यवस्था कहिलेसम्म राख्ने हो भनेर प्रश्न गरिन् । साथै उनले देशको सरकार कसरी चलेको छ भनेर यसबारे समेत बहस गर्न जरुरी रहेको बताइन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: