राप्रपामै फकिईन् खुश्बु ओली

दर्पण दैनिक ११ असार २०८०,१९:५९
post

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा एमाले र राप्रपाको तालमेलपछि झापा ४ बाट स्वतन्त्र उम्मेदवार बनेकी खुश्बु ओली राप्रपामै फर्किएकी छन् । स्वतन्त्र उम्मेदवार बनेर ५ हजार १० मत पाएकी ओलीले राप्रपामै फर्किएको घोषणा गरेकी छन् । 

ओलीले सोमबार वक्तव्य जारी गर्दै अन्य पार्टीबाट अफर आए पनि राष्ट्रको लागि अडिग भएर उभिने भएकाले राप्रपामै फर्किएको बताएकी छन् । उनले आफ्नो विद्रोह महिलाको आत्मसम्मान र नविन राप्रपाका लागि थियो भनेकी छन् ।

राप्रपामै फर्किएकाे घाेषणा गर्दै खुश्बु ओलीले फेसबुकमा लामाे स्टाटस लेखेकी छन् ।

यस्ताे छ उनकाे स्टाटस

मेरो राजनितिक विद्रोह, नविन राप्रपा र निरन्तरता ।
२०७९ को प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्ष तर्फ २४११ कुल उम्मेद्वार मध्य केवल २१४ महिला उम्मेद्वार, प्रतिनिधि सभामा १६५ सदस्य मध्य केवल ९ महिला निर्वाचित, समानुपातिकबाट केवल ८२ महिला थप, प्रदेशमा प्रत्यक्ष  तर्फ ३३० मध्ये केवल १४ जना महिला निर्वाचित, स्थानिया तहमा २९३ प्रमुख मध्ये केवल १३ महिला, अध्यक्षमा ४६० मध्ये केवल १२ महिला, ६७४३ वडा अध्यक्ष मध्ये केवल ६९ महिला रहेका छन । नेपाली राजनितिमा महिलाको यस्तो न्युन उपस्थिति र युवा र महिलामा राजनितिक जागरुकता र अवसरको अभाव भएकोले महिला र युवाको हक अधिकारको लागि मेरो विद्रोह रहेको थियो । राप्रपाले मेरो विद्रोहलाई पार्टीसंगको विद्रोह नभई यो महिला र युवा माथि यस देशमा चली आएको राजनितिक थिचोमिचो र भेदभाव विरुद्धको विद्रोह सम्झी पार्टिमा मलाई पुनः थप र महत्त्वपूर्ण जिम्मेवारीका साथ निरन्तरता दिन आग्रह गर्नुले राप्रपा वास्तवमै नवीन राप्रपाको अवधारणालाई आत्मसाथ गरेको महसुस भएको छ । अन्य पार्टीबाट आग्रह नआएको पनि हैन तर परिआएमा राष्ट्रकोलागी अडिग भएर उभीनेछ भनेर राप्रपा माथी जून विश्वास छ त्यो अरु पार्टीप्रति आउन सेकन ! पार्टीका तमाम साथीहरू, रास्ट्रप्रेमी साथिहरु, बिद्रोहको अभियानमा मलाई साथ दिने परिवर्तन प्रेमी साथिहरुको इच्छ्या, सुझाव, अनुरोध समेतलाई  विचार गरि पुनः राप्रपामा राजनितिक यात्रा निरन्तरता दिने घोषणा गर्दछु । यो सम्मानको  लागी पार्टी प्रति आभार व्यक्त गर्दछु ।  

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: