अस्ट्रेलियाकाे राजदूतमा चित्रलेखा यादवको नाम अनुमोदन

दर्पण दैनिक १६ आश्विन २०८१,२०:५५
post

काठमाडौँ । अस्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । संसदीय सुनुवाइ समितिको बुधबारको बैठकले यादवको नाम अस्ट्रेलियाका लागि राजदूतमा सुनुवाइ गरेको थियो ।

संसदीय सुनुवाइ समितिले अस्ट्रेलियाका लागि नेपाली राजदूतमा यादवलाई सर्वसम्मतिले अनुमोदन गरेको समिति सचिवालयले जानकारी दिएको छ ।

सुनुवाइका क्रममा यादवले नेपाल र अस्ट्रेलियाबीच राजनीतिक, आर्थिक, पर्यटन लगायतको सम्बन्ध विस्तार गर्ने बताइन् । नेपालको विकासमा अस्ट्रेलियाको आर्थिक सहयोग रहेको उल्लेख गर्दै यादवले आगामी दिनमा अझ सुदृढ गर्नका लागि आफूले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपालमा उत्पादित अर्ग्यानिक चिया, कफी, अदुवा, अलैंची, सुति कपडा, कार्पेट, ह्यान्डक्राफ्ट, तयारी पोसाक लगायतको प्रदर्शनी, बिक्री गर्ने गरी व्यापार मेलाको आयोजना गरेर निर्यात व्यापारमा पहल गर्ने यादवको भनाइ थियो ।

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि राष्ट्रपतिले यादवलाई अस्ट्रेलियाको राजदूतमा नियुक्त गर्ने प्रक्रिया बाँकी रहेको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: