काठमाडौं । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ । पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल), हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही (अर्जुन),इन्दिरा अधिकारी (वर्षा), हरिब खाँ (विशाल) क.शिलु न्याैपाने (रोशी), सुनिता बुढाथाेकीलगायतका नेताले एक विज्ञप्ति निकाल्दै पार्टी विभाजन भएको संकेत गरेका छन् ।
वैद्यकाे पार्टी भित्रका सशक्त भूमिका खेल्ने युवाहरूले नै पार्टी विभाजन गरेपछि अब त्याे पार्टीकाे अवस्था के हाेला भन्ने प्रश्न खडा भएकाे छ । पुराना नेताहरूले युवा नेताहरूकाे चाहाना नबुझ्नु पार्टी संगठनलाइ बछुवाकाे गतिमा अगाडि बढाउनु र युवाहरूलाइ नेतृत्व दिन नचाहानु पनि पार्टी फुट्काे प्रमुख कारण हाे ।
कार्यक्रम र कार्यदिशाहरुको वैज्ञानिक संश्लेषण, एकताबद्ध र जुझारु कम्युनिस्ट पार्टी निर्माण एवं कम्युनिस्ट पार्टीको नेतृत्व तथा सर्वहारा वर्ग र उत्पीडित समुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी कार्यभार सहित स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनाको कार्यभार रहेकाे प्रेस वक्तव्यमा उल्लेख गरिएकाे छ। निरन्तर क्रान्तिको सिद्धान्त अनुरुप सर्वहारा वर्गको अधिनायकत्वमा साम्यवादमा पुग्ने लक्ष्य रहेको बताइएकाे छ ।
त्यस्तै गम्भीर र संकटपूर्ण अवस्थाबाट पार्टी जीवनको रक्षा एवं एकता महाधिवेशनका ऐतिहासिक कार्यभारहरु सम्पन्न गर्नका निम्ति मोहन वैद्य (किरण) गुटको जारी बैठक स्थगन गरी नयाँ आधारमा नयाँ सहमतिद्वारा पार्टीलाई एकताबद्ध गर्न हामीले घनिभूत प्रयत्नहरु गरेपनि सफल नभएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।
परन्तु पार्टीको मूल नेतृत्वले आन्तरिक पार्टी जनवाद र अधिकारहरु कुण्ठित गरेर कथित सहमतिको आवरणमा विकल्प राजनीतिक प्रस्ताव र हाम्रा असल प्रयत्नहरु विरुद्ध चक्रव्यूहको रचना गरी नोकरशाही केन्द्रीयताद्वारा निषेध गर्ने दुस्साहस गरिएको उल्लेख गरिएकाे छ।
यस्तो छ प्रेस वक्तव्य
दक्षिणपन्थी नवसंशोधनवादी, नवप्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्ति विरुद्ध विद्रोह गरौं ! राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौं !! क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल एकता महाधिवेशन आयोजक समितिको २०८१ असार ११-१६ काठमाडौमा सम्पन्न दोस्रो पूर्ण बैठकले पार्टीको एकता महाधिवेशन आगामी कार्तिक २-९ गतेसम्म काठमाडौमा सम्पन्न गर्ने ऐतिहासिक निर्णय सहित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।
एकता महाधिवेशनका निम्ति संयोजक क. किरणद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव र सचिवालय सदस्य क. संकूल, क. भाष्कर र क. वसन्तद्वारा प्रस्तुत विकल्प राजनीतिक प्रस्ताव गरी मूलभूत रुपमा दुईवटा राजनीतिक प्रस्तावहरु प्रस्तुत भएका छन। क. कंचनद्वारा प्रस्तुत समानान्तर राजनीतिक प्रस्ताव भने उक्त समूह पार्टीबाट अलग भएसँगै अभिलेखमा रहन पुगेको छ ।
एकता महाधिवेशन सामू नीति, कार्यक्रम र कार्यदिशाहरुको वैज्ञानिक संश्लेषण, एकताबद्ध र जुझारु कम्युनिस्ट पार्टी निर्माण एवं कम्युनिस्ट पार्टीको नेतृत्व तथा सर्वहारा वर्ग र उत्पीडित राष्ट्र-समुदायको संयुक्त अधिनायकत्वमा नयाँ जनवादी कार्यभार सहित स्वाधीन र समाजवादी गणतन्त्र नेपाल स्थापनाको कार्यभार रहेका छन । साथै निरन्तर क्रान्तिको सिद्धान्त अनुरुप सर्वहारा वर्गको अधिनायकत्वमा साम्यवादमा पुग्ने लक्ष्य रहेकोे छ ।
उक्त वस्तुस्थिति र कार्यभार सहित साउन २६-२९ गतेसम्म एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक जारी छ । बैठकको उद्देश्य स्पष्ट गर्दै १२ साउन २०८१ को पार्टी केन्द्रीय कार्यालयको परिपत्रमा उल्लेख गरिएको छ कि -"पार्टीबाट एउटा हिस्सा चोइटिएको स्थितिमा त्यस सम्बन्धी समीक्षा गर्न र अन्य कतिपय महत्त्वपूर्ण निणर्य लिन पनि आवश्यक भएकोले यही श्रावण २६ गते देखि एकता महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक राख्ने निणर्य लिइएको छ ।" यद्यपि जारी बैठक उक्त निर्णयको आवरणमा मूलत: केन्द्रीय समिति र सचिवालय थप गर्ने अघोषित उद्देश्यमा केन्द्रित हुन पुगेको छ।
यो अन्तर पार्टी जनवाद र विधानको गम्भीर उल्लंघन हो । यसप्रकारको स्थिति विकल्प राजनीतिक प्रस्तावको निषेध मात्र होईन,अपितु एकता महाधिवेशन र समग्र नेपाली क्रान्तिको वलिदान र आगामी विजय माथिको गम्भीर षड्यन्त्र हो।
यसले अन्ततः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको विघटन एवं दक्षिणपन्थि नव संशोधनवाद, नव प्रतिक्रियावाद, बुर्जुवा संसदवाद र साम्राज्यवाद-विस्तारवादको सेवा गर्नेछ ।
यस प्रकारको गम्भीर र संकटपूर्ण अवस्थाबाट पार्टी जीवनको रक्षा एवं एकता महाधिवेशनका ऐतिहासिक कार्यभारहरु सम्पन्न गर्नका निम्ति क. किरण गुटको जारी बैठक स्थगन गरी नयाँ आधारमा नयाँ सहमतिद्वारा पार्टीलाई एकताबद्ध गर्न हामीले घनिभूत प्रयत्नहरु गर्यौं । परन्तु पार्टीको मूल नेतृत्वले आन्तरिक पार्टी जनवाद र अधिकारहरु कुण्ठित गरेर कथित सहमतिको आवरणमा विकल्प राजनीतिक प्रस्ताव र हाम्रा असल प्रयत्नहरु विरुद्ध चक्रव्यूहको रचना गरी नोकरशाही केन्द्रीयताद्वारा निषेध गर्ने दुस्साहस गरेको छ ।
यसरी पार्टीको मूल नेतृत्वले एकता-संघर्ष र रुपान्तरणको भौतिकवादी द्वन्द्ववादको विधि विरुद्ध विचार, संगठन र समग्र क्षेत्रमा एकता-संघर्ष र निषेधको नीति लागू गर्यो । यसप्रकारको निषेधले मूलत: क्रान्तिकारी विद्रोह सुनिश्चित गरेको छ । विशेषत: विकल्प राजनीतिक प्रस्तावको सार विचार माथिको निषेध विरुद्ध विद्रोहको घनिभूत अभिव्यक्ति थियो ।
यसरी आन्तरिक पार्टी जनवाद र अधिकार माथिको निषेध अनिवार्यत: पार्टी संगठनमा विद्रोहमा अभिव्यक्त हुन्छ भने जनतामाथि शोषण, उत्पीडन र निषेधको अनिवार्य परिणाम हुन्छ -जनविद्रोह ! यसरी समुद्रमा उठ्ने छालहरु माथि दृष्टि नराख्ने र सही दिशा तय नगर्ने हो भने जहाजहरु डुब्ने खतरा हुन्छ । परिवर्तनको वेगले सबै शास्त्रीय, यान्त्रिक, जड, वितण्डावादी र अवस्तुवादी तर्कहरुको खण्डन मात्रै होईन, त्यसका सम्पूर्ण सम्बन्ध र संरचनाहरु व्यबहारत: नामेट गर्नेछ र नयाँ समाजको जन्म दिनेछ । पार्टी जीवनमा पनि यही सार्वभौम नियम लागू हुन्छ ।
यसर्थ विद्यमान नेपाली समाजका अन्तरविरोधहरु, उत्पन्न संकट र भयावह स्थितिले क्रान्तिकारी विद्रोहको वस्तुगत परिस्थिति निर्माण गरेको छ । यस स्थितिमा 'दक्षिणपन्थि नवसंशोधनवादी, नवप्रतिक्रियावादी र बुर्जुवा संसदवादी प्रवृत्ति विरुद्ध विद्रोह गरौं ! राष्ट्रिय मुक्ति क्रान्तिको बाटोमा दृढतापूर्वक अघि बढौं !!' को मूल नारामा संगठित र एकताबद्ध हुँदै अघि बढ्न सम्पूर्ण पार्टी पंक्ति, सर्वहारावर्ग एवं शोषित-उत्पीडित जनसमुदाय र राष्ट्र समक्ष विशेष अपिल गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित धन्यवाद !
१. क. संकूल -सचिवालय सदस्य
२. क. भाष्कर -सचिवालय सदस्य
३. क. वसन्त -सचिवालय सदस्य
४. क. अर्जुन -आयोजक समिति सदस्य
५. क. वर्षा -आयोजक समिति सदस्य
६. क. विशाल -आयोजक समिति सदस्य
७. क. रोशी -आयोजक समिति सदस्य
८. क. सुनिता -आयोजक समिति सदस्य


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google