
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले देशको एकमात्र बलियो शक्ति भएको बताएका छन् ।सोमबार पार्टीको ललितपुर जिल्ला कमिटिको पूर्ण बैठकलाई सम्बोधन गर्न पुगेका ओलीले एमाले वायुपुत्र हनुमानजस्तै भएको र योसँग कसैले एक्लै लड्न सक्ने हैसियत नभएको दावी गरे ।
ओलीले आगामी २०८४ सालको निर्वाचनमा देशका सबै वडाबाट बहुमत ल्याउने अभियान सहित मिसन ८४ - मिसन ५१% अभियान चलाउन जिल्ला कमिटी र कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिए । उनले भने, 'अर्को निर्वाचनमा एमाले बाहेक कुनै दलका उम्मेदवारलाई अबिरमाला लाउने अधिकार छैन । त्यसको लागि पार्टीका सबै कार्यकर्ता सक्रिय र सबै कमिटिहरु चुस्तदुरुस्त हुनुपर्छ ।' पार्टीको कार्यकर्ता हुँ भन्ने तर पार्टीका नीति र कार्यक्रमका बारेमा प्रचार नगर्ने व्यक्ती कार्यकर्ता हुन नसक्ने भन्दै ओलीले आफुभित्र रहेका कमजोरीहरु आफैँले सच्याउनुपर्ने बताए ।
ललितपुरबाट निर्वाचित रास्वपा सांसद डा. तोशिमा कार्कीप्रती लक्षित गर्दै ओलीले बच्चीहरुले आएर कुनै योजना र कार्यक्रमबिना नै चुनाव जितेको जिकिर गरे । 'हामीसँग यत्रो आन्दोलन, योजना, देश विकासको लक्ष्य र जेलनेलसम्मको ईतिहास छ, तर अहिले कुनै योजना नभएको बच्ची आउँछे, जनताले उसैलाई जिताउँछन भने तीजनताको बुझाईलाई के भन्ने ।' उनले प्रश्न गरे ।
ओलीले सधैँ पुस्त्यौली कमाई खाएर बस्छु भन्ने सोच राख्नु गलत भएको भन्दै एमालेका कार्यकर्ताहरु विकासका अभियान्ता बन्दै उद्योग सञ्चालन गर्ने र प्रत्यक्ष उत्पादनमा जोडिन लाग्नुपर्ने बताए । "हामीले अरुलाई सिकाउने मात्र होइन, आफैँले उत्पादनको अभियान सुरु गर्नुपर्छ । गाह्रो कुरो केही छैन,अहिले साग रोप्यो भने एक डेढ महिनामा पैसा फलिहाल्छ ।" ओलीले भने ।
सोमबारको ललितपुर जिल्ला कमिटिको बैठकमा सबै पालिका कमिटिहरुको तर्फबाट मिसन ग्रासरुट अभियान लगायतका विषयमा रिपोर्टिङ गरिएको थियो । बैठकमा ओलीसहित स्थायी कमिटी सदस्य एबम ललितपुर जिल्ला इन्चार्ज शेरबहादुर तामाङ, पोलिटव्युरो सदस्य सुशीला नेपाल, केन्द्रिय सदस्यहरु हरिकृष्ण व्यञ्जनकार, बाबुराम थापा, बाग्मती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे, प्रदेश कमिटी सदस्यहरु लगायतको समेत उपस्थिति रहेको थियो ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)
























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)



















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google