काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्ना पालिका प्रमुख-उपप्रमुखलाई पार्टीसँग समन्वय गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न निर्देशन दिएका छन् । पार्टीको स्थानीय समितिबाट जनप्रतिनिधिले समन्वय नगरेको गुनासोपछि महामन्त्री थापाले पालिका प्रमुख र उपप्रमुखलाई परिपत्र गर्दै ११ बुँदे निर्देशन दिएका हुन् ।
पार्टीको स्थानीय कार्यसमितिसँग अनिवार्य रूपमा समन्वय गर्न गरी मतदातासँग गरेको वाचा प्राथमिकतामा राखेर बजेट बनाउन पालिका प्रमुख र उपप्रमुखलाई गत जेठ ३२ मा परिपत्र पठाएको महामन्त्री थापाको भनाइ छ ।
‘स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा स्थानीय पार्टी कार्यसमितिसँग समन्वय हुने नगरेको गुनासो आइरहेको छ । तसर्थ, यस पटक अनिवार्य रूपमा स्थानीय पार्टी समितिसँग बैठक बसी नीति, योजना र कार्यक्रम, बजेटका प्राथमिकता र स्थानीय आवश्यकतालगायत विषयमा छलफल गरी ती विषयलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न पार्टीसँग आवश्यक समन्वय गर्नुहोला,’ परिपत्रमा भनिएको छ ।
क्षेत्रगत प्राथमिकतामा अबको तीन वर्षको लक्ष्यको लेखाजोखा गरी तथ्य र प्रमाणका आधारमा नीति र योजना बनाउन महामन्त्री थापाको निर्देशन छ ।
बाँकी तीनवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, उद्योग, कृषि, पर्यटन, उद्यमशीलता, रोजगारीलगायत क्षेत्रलाई समेटेर योजना बनाउन पालिका प्रमुख–उपप्रमुखलाई भनिएको छ । महामन्त्री थापाले संविधानले जनताका प्रत्यक्ष सरोकारका विषयमा तत्काल सेवा प्रवाह गर्ने जिम्मेवारी प्रत्याभूत हुने गरी काम गर्न निर्देशन दिएका छन् ।
‘संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ दफा ११ ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी, दिगो विकास लक्ष्यअनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य, संघ र प्रदेशका नीति तथा कार्यक्रम समेतलाई मनन गरी आफ्ना कार्यक्रम निर्धारण गर्नुहोला,’ थापाको परिपत्रमा उल्लेख छ ।
बजेटका प्रक्रियागत कानुनी व्यवस्थाअनुसार असार पहिलो साताभित्र नीति तथा कार्यक्रम पेस गर्न र १० असारभित्र अनिवार्य रूपमा बजेट सभामा पेस गर्न पनि उनीहरूलाई निर्देशन दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ।
१. नेपाली कांग्रेसले परिकल्पना गरेको समुन्नत नेपालको प्रमुख आधार नै गाउँ र नगरको समुन्नति हो। पार्टीले संकल्पपत्र मार्फत 'सबल स्थानीय सरकार समुन्नत गाउँ समुन्नत नगर' भन्ने नारा सहित गाउँ र नगरको विकास र समुन्नतिको ठोस आधार प्रस्तुत गरेको छ । यो संकल्प नै स्थानीय सरकार संचालनको एउटा प्रमुख आधार हो। स्थानीय सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा पार्टीको संकल्प पत्रमा उल्लेख गरिएका वाचा र पार्टीले स्थानीय तहको निर्वाचनका क्रममा स्थानीय स्तरमा व्यक्त प्रतिवद्धतालाई विशेष ध्यान दिने।
२. नेपालको संविधानले जनताका प्रत्यक्ष सरोकारका विषयहरूमा तत्काल सेवा प्रवाह गर्ने जिम्मेवारी जनताको घर- दैलोमा रहेको स्थानीय सरकारलाई नै दिएको छ। संविधानको अनुसूची ८ र ९ तथा स्थानीय सरकार संचालन ऐन, २०७४ दफा ११ ले स्थानीय सरकारलाई प्रत्याभूत गरेका जिम्मेवारी, दीगो विकास लक्ष्य अनुसार स्थानीय तहले हासिल गर्न सक्ने स्थानीय लक्ष्य, संघ र प्रदेशका नीति तथा कार्यक्रम समेतलाई मनन गरी कार्यक्रम निर्धारण गर्न सहजिकरण गर्ने।
३. शिक्षा, स्वास्थ्य पर्यटन, कृषि, रोजगार लगायतका क्षेत्रगत प्राथमिकताका प्रत्येक विषयमा स्थानीय आवश्यकता र जनअपेक्षा समेतलाई मध्येनजर गरी तथ्य र प्रमाणका आधारमा नीति र योजना बनाउन पार्टीको तर्फबाट समन्वय गर्ने, ठोस सुझाव उपलब्ध गराउने ।
४. योजना छनोट गर्दा नतीजामुखी, दीर्घकालीन प्रभाव छाड़ने प्रकृतिका योजना, उद्यमशीलता बिकास, आय आर्जन र रोज़गारी सृजना गर्ने खालका योजनाहरुलाई प्राथमिकता दिन, प्रतिफल हेरेर मात्र योजना बनाउन, अनुत्पादक क्षेत्रमा बजेट नराख्न सुझाव दिने ।
पुनश्चः जिल्लाभित्र स्थानीय सरकार र पार्टी समितिका बीचमा समन्वय, संवाद र सहजीकरण भए नभएको सम्बन्धमा असार मसान्तभित्र केन्द्रीय कार्यालयमा विवरण पठाउनुहोला।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google